झन्डै ८ वर्षको अनुसन्धानपछि सरकारले धानका दुई नयाँ उन्नत जात विकास गरेको छ । ‘खुमलटार’ नामक धानको जातमा रोगकीरा लाग्ने, उत्पादन घट्ने समस्या देखिएपछि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिकले थप २ नयाँ जात विकास गरेका हुन् । नार्कअन्तर्गत राष्ट्रिय बाली तथा आनुवंशिक अनुसन्धान केन्द्रले विकास गरेको उक्त जात राष्ट्रिय बीउविजन समितिले अनुमोदन गरी राजपत्रमा प्रकाशन भइसकेको छ ।