काठमाडौं उपत्यकामा हिउँदे वर्षा : १८ तस्बिरमा हेरौं

नेपालमा माघमा निरन्तर वर्षा र हिमपात भएको छ । माघ लागेसँगै सुरु भएको वर्षा र हिमपात अन्तिम सातासम्म लाग्न थाल्दा पनि भइरहेको छ । बीचको केही हप्ता मौसममा सुधार देखिए पनि पश्चिम न्यूनचापीय वायुका कारण बदली हुँदा वर्षा र हिमपात भएको छ ।शुक्रबार काठमाडौं उपत्यकामा पनि वर्षा भएको छ । वर्षाले जनजीवन प्रभावित भएको छ । हिउँदे वर्षामा काठमाडौं उपत्यकामा देखिएको सर्वसाधारणको चहलपहललाई हामीले क्यामेरामा कैद गरेका छौं । 

सम्बन्धित सामग्री

यस वर्ष हिउँदे वर्षा किन भएन ?

काठमाडौँमा फाट्टफुट्टै बाहेक हिउँदे वर्षा भएन। काठमाडौँ भन्दा पश्चिमी क्षेत्र सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा भने हिउँदे वर्षा भएको तर समग्रमा यस वर्ष हिउँदे वर्षा पर्याप्त भएन – मौसम पूर्वानुमान महाशाखाको भनाइ छ।...

हिउँदे वर्षा नहुँदा किसान चिन्तित

काठमाडौं – लामो समयसम्म हिउँदे वर्षा नहुदाँ दोलखाका हिउँदे खेतीका किसान समस्यामा परेका छन्। जिल्लाको माथिल्लो क्षेत्रमा हिउँदे आलु रोप्ने समय सुरु भए पनि समयमै वर्षा नहुदाँ जिल्लाका किसान चिन्तित बनेका हुन्। दोलखाको एवोका किसानलाई आलु रोप्नको लागि हिजोआज भ्याइनभ्याई छ। बाझो बारी खन्ने, मल बोक्ने तथा आलुको बिउको जोहो गरेर आलु रोप्न तमतयारका साथ […]

हिउँदे वर्षा नहुँदा खाद्यान्नको जोहो गर्न सरकारलाई आग्रह

काठमाडाैं । जलवायु परिवर्तनका कारण हिउँदे वर्षा नहुँदा खाद्य चक्रमा समस्या पर्नसक्ने भन्दै विज्ञहरुले सरकारले खाद्य सुरक्षामा सतर्कता अपनाउनुपर्ने सुझाव दिएका छन् । जलवायु परिवर्तनका कारण विगतको तुलनामा यस पटक हिउँदमा हुने वर्षामा कमी आएको विज्ञहरुको भनाइ छ । देशका अधिकांश स्थानमा वर्षा हुन नसकेकाले हिउँदमा हुने खाद्यान्न उत्पादनमा कमी हुनुका साथै अन्य वातावरणीय समस्याहरु […]

हिउँदे वर्षा नहुँदा सर्लाहीका किसान चिन्तित

सर्लाही । यसपटकको हिउँद माघ मध्य हुँदा सम्म पनि पानी नै नपरि हिउँद सकिन लागेपछि किसानहरु चिन्तित भएका छन् । हिउँदे वर्षा नहुँदा खेतबारीका बाली विरुवा सुक्दै गएको हेरेर चित्त बुझाउनुपरेको किसानको भनाई छ । हिउँदे वर्षा नहुँदा बालीनाली हुर्कन नसकेको र अब चाँडै पानीका मुहान सुक्दै जान सक्ने गाउँका अग्रजहरु बताउँछन् । हिउँदे वर्षा […]

हिउँदे वर्षा घट्दा बढ्यो प्रदूषण

माघ पहिलो साता, काठमाडौंको तापक्रम घटदो छ। र, पनि हिउँदे वर्षा हुन सकेको छैन। वर्षा नहुँदा मुलुकमा अत्यधिक प्रदूषण र सुक्खा बढेको छ। काठमाडौं उपत्यकामा प्रदूषणको मात्रा निकै बढेको विज्ञहरूको भनाइ छ।  अर्को सातादेखि

फेरि हिउँदे वर्षा सुरु : ‘अबका चार दिन सचेत रहाैँ’

काठमाण्डाै – हिजाे मङ्गलवार राति नेपाल भित्रिएको पश्चिमी न्यूनचापीय प्रणालीका कारण फेरि हिउँदे वर्षा सुरु भएको छ । देशको पश्चिमी क्षेत्र हुँदै भित्रिएको प्रणालीले आज बुधवार दिपायलमा सामान्य वर्षा भएको र राति सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशका केही ठाउँमा सामान्य वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आज राति देशका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना पनि रहेको मौसमविद् सजिना शाक्यले बताउनुभयो । भोलिदेखि भने पश्चिमी न्यूनचापीय प्रणाली देशभर ...

दोहोरिँदै हिउँदे वर्षा

हिउँदे वर्षा दोहोरिने भएको छ । मङ्गलबार रातिदेखि नेपाल भित्रिएको पश्चिमी न्यूनचापीय प्रणालीका कारण यो हप्ताको करिब चार दिन मौसम खराब रहने छ । अघिल्लो साता पनि वर्षा र हिमपातले जनजीवन अस्तव्यस्त बनाएको थियो । जल तथा मौसम विज्ञान विभागका अनुसार अब आउने मौसमी प्रणालीले बुधबारदेखि शनिबारसम्म देशका विभिन्न भेगमा वर्षा र हिमपात गराउने भएको छ । विभागले मङ्गलबार विशेष वक्तव्य जारी गर्दै हिउँदे वर्षाले पु-याउने असरबाट जोगिन आह्वान गरेको छ । बुधबार सुदूरपश्चिम र कर्णाली प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविद्...

बिहीबारदेखि फेरि हिउँदे वर्षा, हिमपात पनि हुने

हिउँदे वर्षा दोहोरिने भएको छ । मङ्गलबार रातिदेखि नेपाल भित्रिएको पश्चिमी न्यूनचापीय प्रणालीका कारण यो हप्ताको करिब चार दिन मौसम खराब रहने छ । अघिल्लो साता पनि वर्षा र हिमपातले जनजीवन अस्तव्यस्त बनाएको थियो । जल तथा मौसम विज्ञान विभागका अनुसार अब आउने मौसमी प्रणालीले बुधबारदेखि शनिबारसम्म देशका विभिन्न भेगमा वर्षा र हिमपात गराउने भएको छ ।विभागले मङ्गलबार विशेष वक्तव्य जारी गर्दै हिउँदे वर्षाले पुर्‍याउने असरबाट जोगिन आह्वान गरेको छ । बुधबार सुदूरपश्चिम र कर्णाली प्रदेशमा हल्कादेखि मध्यम वर्षा

कार्तिकमै हिउँदे वर्षा र हिमपातको सम्भावना

मनसुन सकिएर भरखरै मात्र विदा भएको नेपालमा कार्तिक महिनामै हिउँदे वर्षा हुने भएको छ भने हिमाली भेगमा हिमपातको सम्भावना देखिएको छ । पश्चिमी वायुको पहिलो झड्काले नै यस वर्ष झन्डै एक साता वर्षा गराउने भएको छ । यसपाला भने मनसुनको बहिर्गमनसँगै पश्चिमी वायुले सुरुवाती चरणमै आफ्नो सक्रियता देखाउँदै एक साता लामो वर्षा गराउने भएको हो । यसका …