कोरोना महामारीका कारण समग्र जनजीवन प्रभावित हुँदा अर्थतन्त्रमा नकारात्मक असर परेको छ । अहिले निजीक्षेत्रको मनोबल निकै खस्केको छ । पर्यटन क्षेत्रलाई त आफ्नो लगानी नै भालुको कम्पट भएको छ, छोड्नु न समात्नु । सशस्त्र द्वन्द्वका बेलामा पनि अर्थतन्त्र र पर्यटन क्षेत्रको अवस्था यस्तो नाजुक भएको थिएन । भूकम्प र नाकाबन्दीकै समयमा पनि अर्थतन्त्र यति समस्यामा परेको थिएन । त्यसैले निजीक्षेत्र निकै चिन्ता छ । तर, समस्या मात्र छैन अवसर पनि छ । आर्थिक अभियानले यस्तो विषम परिस्थितिमा अर्थतन्त्रमा आशाको सञ्चारण गर्ने प्रयास गरेको छ । वार्षिकोत्सव विशेषांक यही विषयमा केन्द्रित रहेको पाइन्छ । धेरैले सम्भावनाको कुरा बताएका छन् । सरकारले सहयोग गरिदिने हो भने अर्थतन्त्र माथि उठ्न बेर लाग्ने रहेनछ । भारतको अर्थतन्त्रका २३ प्रतिशतको वृद्धि प्राप्त भएको तथ्यले नेपालमा पनि यस्तो आर्थिक वृद्धि सम्भव रहेको देखाउँछ । यस्तो सकारात्मक सन्देश दिन खोजेकामा आर्थिक अभियान धन्यवादको पात्र बनेको छ ।
सोमनाथ गौतम
भगवान पाउ, स्वयम्भू, काठमाडौं ।