पर्वत : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्याराग्लाइडिङ दुर्घटना हुँदा खेलाडी निशिम थापाको निधन भएको छ।आइतबार बिहान उडानको केही समयपछि नै उनी दुर्घटनामा परेका हुन्। पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाली सेनाबाट सहभागी २८ वर्षीय निशिमले पोखराको सराङकोटबाट उडान भरेका थिए।प्रतियोगिताअन्तर्गत पुरुषतर्फको क्रस कन्ट्रीको खेल जारी रहेको थियो। ‘उडानलगत्तै उनको प्याराग्लाइडिङ ‘कोल्याप्स’ भयो’, एक प्रत्यक्षदर्शीले भनेका छन्, ‘उनी सोझै पोखरा–१८