साझा पुरस्कार–२०७८ व्युत्पत्तिमूलक संस्कृत नेपाली शब्दकोषका सृजनाकार प्राध्यापक नीलमणि ढुङ्गानालाई प्रदान गरिएको छ । साझा प्रकाशन स्थापना दिवसका अवसरमा आयोजित साझा पुरस्कार अर्पण समारोहमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा.दामोदर रेग्मीले उनलाई पुरस्कृत गरेका हुन् । साझा प्रकाशनले हरेक वर्ष प्रकाशित उत्कृष्ट कृतिका आधारमा कृति सृजनाकारलाई पुरस्कृत गर्दै आएको छ ।त्यस्तै समारोहमा कृतिसमेत विमोचन गरिएको छ । समारोहमा मन्त्रालयका सचिव डा.रेग्मीले श्रीबाबु कार्कीद्व