म्याग्दी र बागलुङको भर्जिन गन्तव्य बेलढुंगामा पर्यटकको चहलपहल बढ्यो

असोज ४, म्याग्दी । प्राकृतिक दृश्यावलोकनका लागि अत्यन्त उपयुक्त स्थान हुँदाहुँदै पनि सडक र पूर्वाधारको अभावले ओझेलमा परेको पर्यटकीय स्थल बेलढुंगा बागलुङ र म्याग्दीको सदरमुकाम बेनीदेखि सडक सुविधा पुगेपछि एकाएक चर्चामा आएको छ । स्थानीयको निरन्तरको पहल, प्रयास, पूर्वाधार निर्माण र प्रचार प्रसारका कारण अहिले भर्जिन गन्तव्यको रुपमा बेलढुंगा क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढ्दो छ ।  म्याग्दीको बेनी नगरपालिका वडा नं ३ भकिम्ली र बागलुङको काँठेखोला गाउँपालिका वडा नं ३ धम्जाको शिरमा पर्ने बेलढुंगा समुद्री सतहदेखि २ हजार ६१८ मिटरको उचाइमा रहेको छ । यहाँबाट अन्नपूर्ण र धौलागिरि रेञ्जका १२ ओटा हिमश्रृंखला, म्याग्दी नदी, कालीगण्डकी सहित म्याग्दी र बागलुङ जिल्लाका खोला तथा झरनाको नागबेली दृश्य, साविकको धौलागिरि अञ्चलका चारओटै जिल्लाका तीन दर्जन बढि गाउँहरु, बनजङ्गल, जंगली जनावर र पंक्षीका साथै सूर्योदय र सूर्यास्तको रमणीय दृश्य देख्न सकिने बेनी नगरपालिका ३ भकिम्लीका वडाअध्यक्ष पदम पुनले बताए । पर्यटकीय सम्भावनालाई मध्यनजर गर्दै समुन्द्री सतहदेखि झण्डै दुई हजार ५०० मिटरको उचाइमा साइकल लेन निर्माण थालिएको छ । बागलुङ नगरपालिकाको प्रसिद्ध सर्वसिद्धिधाम पञ्चकोट र बेलढुंगा जोड्नका लागि पर्यटकीय पदमार्गसँगै साइकले लेन निर्माण शुरु गरिएको उनले जानकारी दिए । म्याग्दी र बागलुङको शिरबाट साइकल मार्फत बेलढुंगा हुँदै पञ्चकोटसम्म आवतजावतका लागि साइकल लेन निर्माण थालिएको हो । गत आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारको २० लाख र स्थानीयको एक लाख जनश्रमदानबाट एक हजार ७०० मिटर उचाईमा साइकल लेन निर्माण शुरु गरिएको हो । बेलढुंगादेखि कान्छो धौलागिरी नजिकै साइकल लेन पुगिसकेको छ । बागलुङको संसारकोटसम्म साइकल लेन निर्माणका लागि अध्ययन समेत भइसकेको छ ।  साइकल गुड्न सक्ने पदमार्ग निर्माण गरेपछि पैदल हिँड्ने पर्यटक र साहसिक यात्रा गर्न रुचाउने पर्यटकहरुलाई साइकल मार्फत यात्रा गर्न सहज हुने वेलढुंगा–पञ्चकोट पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष प्रेम घर्ती मगरले जानकारी दिए ।  बेलढुंगादेखि पञ्चकोट सम्मको झण्डै ९ किलोमिटर मध्ये वेलढुंगाबाट केही सरकरात्मक रुपमा काम देखिएको छ । यसलाई पूर्णता दिन झण्डै दुई करोड बजेट लाग्ने अनुमान गरिएको छ ।  बेलढुंगा अलि दूर्गममा भएपनी पञ्चकोट सुगममा भएका कारण साइकल लेन निर्माण पछि सदरमुकामदेखि पाँच किलोमिटरमै पञ्चकोट पुगेका पर्यटकहरु साइकल र पर्यटक पदमार्ग मार्फत वेलढुंगा आउनेछन् र यहाँ आएका पर्यटकलाई घरबासमा राखेर अर्गानिक उत्पादन चखाउने योजना रहेको वेलढुंगा सामुदायिक घरबासका सचिव तथा स्थानीय समाजसेवी गोपाल श्रीसले बताए । ढुंगामाथि बेल आकारको ढुंगाबाट देखिने मनोरम हिमश्रृंखला र सुन्दर पहाडहरु यसको प्रमुख आर्कषण भए पनि २०७२ सालको भुकम्पले हल्लाएका कारण २०७७ भदौमा बेलढुंगाको माथिल्लो भाग खसेको थियो । अहिले पुनर्निर्माणले गति लिएको छ । अहिले वेलढुंगालाई पुनः व्यवस्थापन गरी पर्यटकीय सूचना बोर्ड समेत राखिएको छ । चारफिट चौडा साइकेल लेन समेत निर्माण गरिएको छ ।  बेलढुंगा प्राकृतिक सौन्दर्यावलोकनका लागि मात्रै होइन आध्यात्मिक चिन्तनका लागि पनि उपयुक्त स्थान मानिन्छ । भकिम्लीको स्वर्गाश्रमबाट करीब एक घण्टाको उकालो छिचोलेपछि बेलढुंगा पुग्ने मार्ग समेत निकै आकर्षक बनिरहेको छ । बेलढुंगाबाट धौलागिरी क्षेत्रका सम्पूर्ण तीर्थस्थलहरु, बाघ, भालु, चितुवा लगायतका बन्यजन्तु, डाँफे, मुनाल, बनकुखुरा लगायतका पंक्षी र चैत वैशाखमा राताम्यै फूलेका लालिगुराँसले यहाँ पुग्ने जोसुकैको मनलाई आकर्षित गर्नसक्ने भएकोले पछिल्लो समय यहाँ विशेष गरी म्याग्दी र बागलुङका आन्तरिक पर्यटकहरु दिनहुँ आउने गरेका स्वर्गाश्रम विकास समितिका अध्यक्ष रत्न जिसीले जानकारी दिए ।  चारैतिर घना जंगल, जंगलको विचभागमा चेप्टो बेल आकृतिको विशाल ढुंगा रहेकोले यस स्थानलाई बेलढुंगा नामाकरण गरिएको छिमेकी जिल्ला बागलुङको काठेखोला गाउँपालिका ३ धम्जाका वडाअध्यक्ष यामबहादुर श्रीषले बताए ।

सम्बन्धित सामग्री

मुस्ताङमा पर्यटकको चहलपहल बढ्यो

२८ फागुन, मुस्ताङ। वसन्त ऋतुको आगमनसँगै मुस्ताङमा पर्यटकको चहलपहल बढेको छ । म्याग्दी हुँदै सडकमार्ग भएर मुस्ताङ जाने र फर्कने पर्यटकको बेनी–जोमसोम सडकमा चाप बढेको हो । मुक्तिनाथ मन्दिर, कागबेनी, कोरला नाका, लोमान्थाङ, जोमसोम, ढुम्वा ताल, ठिनी, लेतेलगायत ठाउँमा पर्यटकको घुइँचो लागेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को जोमसोमस्थित कार्यालय प्रमुख अशोक सुवेदीले आन्तरिक […]

बुद्धपार्कमा पर्यटकको चहलपहल बढ्यो

चौतारा– सिन्धुपाल्चोकको चौतारास्थित बुद्धपार्कमा पछिल्लो समय पर्यटकको चहलपहल बढेको छ । चारैतिर सुन्दर देखिने पहाडका बस्ती र चिटिक्क देखिने सदरमुकाम चौतारा बजार नजिकै रहेको बुद्धको प्रतिमासहितको पार्कबाट देखिने प्राकृतिक सुन्दरताले धेरैको मन लोभ्याउने गरेको छ । शान्तिको प्रतीक बुद्धलाई डाँडाकाँडाले घेरिएको प्राकृतिक सुन्दरता, हरियो वातावरणमा बादलले छोपिएको सुन्दर पहाड र बस्ती, जिल्ला सदरमुकाम चौताराको पर्यटकीय […]

लमजुङका पर्यटकीय गाउँमा आन्तरिक पर्यटकको चहलपहल बढ्यो

लमजुङका पर्यटकीय गाउँहरुमा अहिले आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । पछिल्लो समय होमस्टे घुम्न गएर बिदा मनाउने आन्तरिक पर्यटकहरुको संख्या पनि बढेकाले पर्यटकीय गाउँमा चहलपहल बढेको हो ।  दसैं र तिहार...

निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो

चितवन । पछिल्लो समय चितवन राष्ट्रिय निकुञ्जमा पर्यटनको चहलपहल बढ्न थालेको छ । कोरोनाको कारण निकुञ्जमा पर्यटनको संख्यामा कमी आएको थियो । पछिल्लो समय कोरोना महामारी मत्थर भएसँगै पर्यटनको संख्या पनि बढ्न थालेको निकुञ्जले जानकारी दिएको छ । चालू आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म निकुञ्जमा संख्या १ लाख ८ हजार २५४ जना पर्यटकले निकुञ्जमा भ्रमण गरिसकेका छन् । उक्त संख्या गत आर्थिक वर्ष २०७७/७८ को सोही अवधिको तुलनामा बढी रहेको निकुञ्जले जानकारी दिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा निकुञ्ज भ्रमण गर्ने पर्यटनको संख्या ९२ हजार २०९ थियो । निकुञ्जका अनुसार अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा १ लाख ८२ हजार ४३५ व्यक्तिले निकुञ्ज भ्रमण गरेका थिए । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालू आवको पहिलो ८ महीनामा ५ हजार ३९४ जना विदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । विदेशी पर्यटकको सो संख्यामा २ हजार ५४० महिला र २ हजार ८५४ पुरुष रहेको निकुञ्जको तथ्यांक छ । निकुञ्जका अनुसार चालू आर्थिक वर्षमा ४ हजार ८६५ जना सार्क मुलुकका पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । गत आवमा सार्क मुलुकका विदेशी पर्यटकको संख्या १ हजार ३६४ रहेको थियो । सो आर्थिक वर्षमा सार्कबाहेक अन्य मुलुकका १ हजार २४४ जनाले निकुञ्जको भ्रमण गरेका थिए । रासस

तनहुँको प्रसिद्ध धार्मिकस्थल आँधीमूलमा पर्यटकको चहलपहल बढ्यो

तनहुँ । तनहुँको प्रसिद्ध धार्मिकस्थल आँधीमूलमा पर्यटकको चहलपहल बढ्दै गएको छ । आँधीमूल देवीको मन्दिरमा पुजापाठ र घुम्न आउने दर्शनार्थीको संख्यामा वृद्धि भएपछि यस क्षेत्रमा पर्यटकको चहलपहल बढेको हो । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ मा पर्ने आँधीमूलमा धार्मिक पर्यटकको चहलपहल बढ्दै गएको छ । आँधीमूल देवीको मन्दिरमा दर्शन गर्दा मनोकांक्षा पुरा हुने जनविश्वास रहेकाले मन्दिरमा पुजा […]

कोरोना कहरपछि लुम्बिनीमा विदेशी पर्यटकको चहलपहल बढ्यो

बुद्धजन्मस्थल लुम्बिनीमा यतिबेला पर्यटकको चहलपहल बढेको छ । कोरोना कहरपछि लुम्बिनीमा भारतीय, विदेशी पर्यटकहरु पनि आउन थालेका छन् । नेपाली पर्यटकहरुको संख्या यतिबेला लुम्बिनीमा दिनानुदिन बढ्दै गएको छ । तस्वीर : नरेश केसी, रासस

म्याग्दीको टोड्केमा आन्तरिक पर्यटकको चहलपहल बढ्यो

प्रताप बानियाँ, म्याग्दी। म्याग्दीको पर्यटकीय क्षेत्र टोड्केमा स्वदेशी पर्यटकको चहलपहल बढ्दै गएको छ । जिल्लाको बेनी नगरपालिका, मंगला र रघुगंगा गाउँपालिकाको संगमस्थलमा पर्ने टोड्के पर्यटकीय गन्तव्यको क्षेत्र बन्दै जान थालेको हो समुन्द्री सतहदेखि २ हजार ५ सय मिटरको उचाइमा अवस्थित पर्यटकीय क्षेत्र टोड्कमा आन्तरिक पर्यटकको आगमनमा वृद्धि हुँदै गएको टोड्के हिल रिसोर्ट प्रालिले जनाएको छ […]

पर्यटकीय क्षेत्र म्याग्दीकाे टोड्केमा पर्यटकको चहलपहल बढ्यो

म्याग्दी – म्याग्दीको पर्यटकीय क्षेत्र टोड्केमा स्वदेशी पर्यटकको चहलपहल बढ्दै गएको छ । म्याग्दीकाे बेनी नगरपालिका, मङ्गला र रघुगङ्गा गाउँपालिकाको सङ्गमस्थलमा पर्ने टोड्के पर्यटकीय गन्तव्यको क्षेत्र बन्दै जान थालेको हो ।  समुद्री सतहदेखि २ हजार ५ सय मिटरको उचाइमा रहेकाे पर्यटकीय क्षेत्र टोड्केमा खासगरी स्वदेशी पर्यटकको आगमनमा वृद्धि हुँदै गएको टोड्के हिल रिसोर्ट प्रालिले जनाएको छ । टोड्के क्षेत्र भ्रमण गर्ने पर्यटकहरुलाई लक्षित गरेर खाने, बस्ने र रमाउनका लागि रिसोर्ट निर्माण भएपछि पर्यटकको सङ्ख्या बढ्दै गएको हो ।  टो...

लमजुङका पर्यटकीय गाउँमा आन्तरिक पर्यटकको चहलपहल बढ्यो

कोरोनाका कारण लामो समयसम्म पर्यटक पुग्न नसकेका लमजुङका पर्यटकीय गाउँहरुमा अहिले आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ। पछिल्लो समय होमस्टे घुम्न गएर बिदा मनाउने आन्तरिक पर्यटकहरुको संख्या पनि बढेकाले पर्यटकीय...

सौराहामा पर्यटकको चहलपहल बढ्यो

७ असोज, चितवन । कोरोना संक्रमणको दोस्रो लहर कम हुँदै गएपछि चितवनको प्रमुख पर्यटकीय केन्द्र सौराहामा आन्तरिक तथा बाह्य पर्यटकहरु देखिन थालेका छन् । पर्यटकहरु बढ्न थालेपछि पर्यटन तथा होटल व्यवसायीहरु उत्साही छन् । दशैं, तिहार जस्ता नेपालीहरुका ठूला चाडपर्वहरु सुरु भएसँगै आन्तरिक पर्यटकहरुसमेत अझै बढ्ने विश्वास व्यवसायीहरुको छ । पर्यटकहरुको चहलपहल देखिएपछि लामो समयसम्म […]