उदयपुर । उदयपुरमा प्रहरीले लागुऔषध नियन्त्रणका मिसन ड्रग्स इन्टरसेप्सन (एमडीआई) अभियान थालेको छ । दुर्व्यसनीबाट हुने हानीबारे सेवनकर्तालाई महसुस गराई उनीहरूकै अगुवाइमा लागुऔषधविरुद्ध चेतना जगाउने मुख्य उद्देश्यले उक्त अभियान थालिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । त्रियुगा नगरपालिकामा आयोजित एक कार्यक्रमका बीच अभियानको पहिलो दिन अभिभावक, जनप्रतिनिधिलगायतलाई साक्षी राखेर ५२ जनाले ‘लागुऔषध सेवन नगर्ने […]
नेपालमा कलिलो उमेरका युवायुवती लागुऔषधि दुव्र्यसनमा फस्दै गएको एक तथ्यांकले देखाएको छ । दर्ता भएका दुव्र्यसनका घटनाले यो तथ्य देखाएको हो । यसबीच सुदूरपश्चिम प्रहरीले लागुऔषधको ओसारपसार र सेवनकर्ता बढ्न थालेपछि यसको रोकथाम एवं न्यूनीकरणका लागि कैलालीसहितका जिल्लामा छात्र–छात्रामा चेतना अभिवृद्धिसम्बन्धी कार्यक्रम थालिएको छ । लागुऔषधको सेवनबाट अधिकांश किशोर–किशोरी प्रभावित हुन थालेपछि उनीहरूलाई लक्षित गरी …
दैलेख प्रहरी अपराध नियन्त्रणका लागि सचेतना कार्यक्रम गर्दै गाउँगाउँसम्म पुगेको छ। ग्रामीण भेगमा समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत घरेलु हिंसा, मदिरा प्रदार्थ सेवन, लागुऔषध सेवन, बालविवाह, छाउपडी प्रथा लगायतबाट निम्तिने घटनाहरुबारे सचेतना कार्यक्रम गर...
विश्वव्यापी रूपमा मानव समुदायको सामूहिक समस्या र बहुपक्षीय सरोकारका रूपमा रहेको लागुऔषध/पदार्थको प्रयोग नेपालमा पनि गम्भीर समस्याका रूपमा देखिएको छ। नेपालमा हाल एक लाख ३० हजार ४२४ जना लागुऔषध प्रयोगकर्ता रहेका छन्। तिनमा पनि २० देखि २९ वर्षको उमेर समूह सबैभन्दा बढी प्रभावित भएको तथ्याङ्क गृह मन्त्रालयबाट सार्वजनिक भएको छ। लागुऔषधले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै प्रयोगकर्ताको भावना तथा सोचाइमा परिवर्तन ल्याउँछ। यसले मानसिक चेतना, अनुभूति र मनोभावनालाई प्रभावित पारी बुझ्ने, सम्झने र सोच्ने शक्तिलाई विकृत तुल्याउँछ। देशका कर्णधार शक्ति युवापुस्ता नै शारीरिक, मानसिक ऊर्जा ध्वस्त पार्ने लागुऔषधको कुलत र दुव्र्यसनमा पर्नु एउटा व्यक्ति, परिवारको मात्रै होइन; समुदाय र देशकै शक्ति क्षय हुनु हो।