न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित कार्यदलले बुझाएको प्रतिवेदनमाथि सर्वोच्च अदालतको फुलकोर्ट बैठकमा छलफल गरिएको छ ।
सर्वोच्च अदालतमा देखिएको विकृति, विसंगति, अन्त्यका लागि दिइएको प्रतिवेदन कार्यान्वयन कसरी गर्ने भन्ने विषयमा छलफल भएको एक न्यायाधीशले बताए ।
कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा शुक्रवार पहिलो पटक फुलकोर्ट बैठक बसेको हो ।
'यसअघि पनि उक्त प्रतिवेदनको कार्यान्वयनका विषय फुलकोर्टमा छलफलमै रहेका बेला सर्वोच्च अदालतमा उथलपुथल शुरू भयो,' ती न्यायाध...