सर्लाही : अधिवक्ता भगवती पाण्डेले तामाङ र मगर समुदायप्रति लक्षित गरी दिएको अभिव्यक्तिविरुद्ध आज (सोमबार) सर्लाही सदरमुकाम मलंगवामा पनि विरोध प्रदर्शन भएको छ।नेपाल मगर संघ जिल्ला समिति सर्लाही र नेपाल तामाङ घेदुङ जिल्ला समिति सर्लाहीले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन्। एक टेलिभिजन कार्यक्रममा अधिवक्ता पाण्डेले तामाङ र मगर जातिमा हुने गरेको विवाहको सँस्कृतिप्रति लक्षित गर्दै दिएको अभिव्यक्तिविरुद्ध तामाङ र मगर समुदाय देशैभर आन्दोलित बनेका छन्।सिंगो मगर र तामाङलगायत आदिवासी जनजाति समुदा