काठमाण्डाै – महोत्तरीको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार शरतसिंह भण्डारी विजयी हुनुभएको छ ।
उहाँले तराई मधेस लोकतान्त्रिक पार्टीका उम्मेदवार विजयकुमार सिंहलाई पराजित गर्दै विजयी हुनुभएको हो । विजयी नेता भण्डारीले २५ हजार १ सय ९० मत प्राप्त गर्नुभएको छ । यस्तै तराई मधेस लोकतान्त्रिक पार्टीका उम्मेदवार विजयकुमार सिंहले ११ हजार १ सय २० मत प्राप्त गर्नुभएको छ ।