जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रभावशाली नेता शरतसिंह भण्डारी महोत्तरीबाट पटक–पटक सांसद बनेका संसदीय प्रणालीको अनुभवी नेता हुन् । २०३८ सालमा पहिलो पटक तत्कालीन राष्ट्रिय पञ्चायतको सदस्य बनेका भण्डारी त्यसयता पटक–पटक प्रतिनिधिसभा सदस्य बनेका छन् ।
२०४३ सालमा प्रतिनिधिसभा चुनाव जीतेपछि सांसद बनेपछि २०४६ सालमा पञ्चायती व्यवस्था अन्त्य भएर बहुदलीय प्रजातन्त्र स्थापना भएको थियो । २०४८ सालमा भएको प्रतिनिधिसभा चुनावमा भने उनी पराजित भएका थिए । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसद विघटन गरेर २०५१ ...