नेपालका चाडपर्व र यहाँको कृषि प्रधान अर्थतन्त्रबीच अकाट्य सम्बन्ध छ । कूल गार्हस्थ्य उत्पादन (जीडीपी) मा करिब ३७ प्रतिशत योगदान गर्ने कृषि क्षेत्रमा देशका झन्डै ६० प्रतिशत नागरिक आश्रित छन् । सबैभन्दा ठुलो पर्व दसैँका बेला नेपालमा मासु खपत अत्यधिक हुन्छ । कृषिलाई मुख्य पेसा बनाएका अधिकांश परिवारले पशुपालन गर्छन् । यसो नेपाल आन्तरिक खपतमा नेपाल आत्मनिर्भर भई विदेशमा समेत मासु निर्यात हुनुपर्ने हो । तर, अवस्था ठिक उल्टो छ । हामी अझैसम्म मासुका लागि जिउँदो पशुदेखि तयारी उत्पादनसम्म आयात गरिरहे