(सेलेब्रिटीको प्रश्न सेलेब्रिटीकै उत्तर) डा. लम्साल : गम्भीर साहित्य र समसामयिक लेखन दुवैमा खुब मज्जाले जम्दै आउनुभएको छ । लेख्नु भनेको दृष्टि दिनु हो । तपाईंको लेखनको दृष्टिविन्दु के हो ? संग्रौला...पूरा पढ्नुहोस् »
गत आमनिर्वाचनबाट उदाएको संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई नेकपा एमाले र माओवादी केन्द्रले कसरी हेर्छन् ? अनि, एमालेले नेपाली कांग्रेस र माओवादी केन्द्रलाई कसरी हेर्छ ? र, माओवादीले पनि कांग्रेस र एमालेलाई कसरी हेरेको छ ? आज हामी यी दुई वामपन्थी दलका जारी केन्द्रीय कमिटी बैठकमा पेस गरिएका राजनीतिक प्रतिवेदनबारे...
आफूलाई अराजक पूँजीवादी बताउने दक्षिणपन्थी नेता हाभियर मिलेई आर्थिक समस्यासँग जुधिरहेको अर्जेन्टिनाको राष्ट्रपति पदमा विजयी भएका छन् । नेपालबाट टाढा रहेको र व्यापारघाटा भएको मुलुक अर्जेन्टिनामा आएको यो परिवर्तनसँग नेपालको प्रत्यक्ष सम्बन्ध खासै देखिँदैन तर जसरी वामपन्थीहरूको रजगज भएको शासनसत्तामा मिलेईको आगमन भएको छ त्यसका कारण केलाउने हो भने नेपाललाई झस्काउने खालको छ । आर्थिक रूपले राम्रो मानिने यो देश आर्थिक संकटमा फस्न पुग्यो र अराजक अभिव्यक्ति दिने व्यक्ति राष्ट्रपति बन्न पुगे । नेपालको सन्दर्भ पनि अहिले त्यस्तै खालको छ । नेपालमा पनि दक्षिणपन्थी अराजक शक्तिको उदय हुने त होइन भन्ने प्रश्न उब्जाएको छ र अहिलेका गतिविधिले मुलुक त्यतैतर्फ लाग्न आँटेको हो कि भन्ने संकेत दिइरहेको छ । यसमा वर्तमान राजनीतिक परिवर्तनका पक्षधरहरू गम्भीर बन्नैपर्ने देखिन्छ ।
परिवर्तन अवश्यम्भावी हुन्छ । तर, परिवर्तनका लागि विभिन्न घटना परिघटनाहरूले भूमिका तयार पार्छन् । यस्तो परिवर्तन सधैं सकारात्मक हुन्छ भन्ने हुँदैन, कहिलेकाहीँ गलत दिशातर्फ पनि मोडिन सक्छ । त्यसले मुलुकलाई थप समस्याग्रस्त बनाउनुका साथै युद्ध र द्वन्द्वको भुँवरीमा लैजान पनि सक्छ । कैयौं मुलुकमा यस्तो भएको पाइन्छ । अहिले अर्जेन्टिनामा पनि त्यस्तै हुने हो कि भन्ने आशंका उब्जिएको छ । ‘अर्जेन्टिनालाई फेरि महान् बनाउने’ नारा दिएका मिलेई अराजक अभिव्यक्तिकै कारण चर्चामा मात्र आएनन्, लोकप्रिय पनि बनेर निर्वाचित भए । उनले केन्द्रीय बैंक खारेज गर्ने, अमेरिकी डलरलाई नै आफ्नो देशको मुद्रा बनाउने, संस्कृति महिला, स्वास्थ्य, शिक्षा लगायतका मन्त्रालय बन्द गर्ने, कल्याणकारी भत्ता कटौती गर्ने र कर्मचारी कटौती गर्ने एजेन्डा ल्याएर निर्वाचन जितेका छन् । निर्वाचनमा उनको एजेन्डाले भन्दा पनि जनतामा व्याप्त निराशाले गर्दा परिवर्तनको खोजी गरेका जनताले उनलाई मत दिएको देखिन्छ । जनतामा व्यापक निराशा आउनुको कारण त्यहाँको आर्थिक संकट हो । अर्जेन्टिनाको मुद्रास्फीति १४० प्रतिशत पुगेको छ भने ४० प्रतिशत जनता गरीबीको रेखामुनि पुगेका छन् । अर्थतन्त्र सुधार गर्न उसले ठूलो परिमाणमा विदेशी ऋण लिएको छ । कुनै बेला उसको मुद्रा पेसोको विनिमयदरलाई अमेरिकी डलरसँग स्थायी रूपमा आबद्ध गरेको पनि थियो तर अर्थतन्त्र बिग्रँदै गएपछि पेसोको मूल्य ओरालो लाग्यो । राजनीतिक नेतृत्वसँग जनता रुष्ट भए र मिलेईका अराजक कुराप्रति जनता आकृष्ट भए । त्यहाँ वामपन्थी सरकारकै वर्चस्व रहँदै आएको थियो । यी तमाम परिदृश्य नेपालसँग करीब करीब समान देखिन्छन् ।
आआफ्नै डम्फु बजाउने राजनीतिक दल र तिनको नेतृत्व नसच्चिए लोकतन्त्र नै सक्किने र अराजकताको उदय हुने प्रबल सम्भावना दूरक्षितिजमा देखिँदै छ । त्यसैले दलहरू परिणाममुखी कामतर्फ लाग्न ढिला भइसकेको छ ।
नेपालले आर्थिक संकट बेहोरेको धेरै नै भइसकेको छ । अर्थतन्त्र सुधारका लागि राजनीतिक नेतृत्व गम्भीर र इमानदार देखिएको छैन । जनताको असन्तुष्टि र निराशाको तह निकै बढेको छ । सरकारले लिने ऋण प्रतिवर्ष तीव्र गतिमा बढ्दै छ । आन्तरिक ऋण उठाएर कर्मचारीलाई तलब खुवाउन परिरहेको छ । संघीय संरचनाले परिणाम दिने गरी काम गर्न सकेको छैन । तर, थोरै समयमा नै यसका विरुद्ध जनमत तयार हुँदै छ । अर्थतन्त्रमा देखिएको समस्याका बीच दुर्गा प्रसाईंजस्ता अराजक अभिव्यक्ति दिने एकाएक ठूलो चर्चामा आएका छन् जससँग सरकारसमेत डराएको देखिन्छ । त्यस्तै पुराना पार्टी भनेका खराबै हुन् भन्ने विश्वास सर्वसाधारणमा बढ्दो छ र ती पार्टीका नेतृत्वको विरोध पनि चर्को रूपमा भइरहेको छ । पुराना दल र नेताको विरोध गरेकै भरमा नयाँ राजनीतिक दलको उदय भइसकेको छ भने मृत राजतन्त्रलाई बिउँताउने भन्दै चर्को अभिव्यक्ति दिनेहरू सामाजिक सञ्जालमा हिरो बनिरहेका छन् । अर्जेन्टिनाको निराशा र नेपालको निराशा समान छ । त्यहाँ वामपन्थी दलले धेरैजसो सरकारको नेतृत्व गरेजस्तै नेपालमा पनि वामपन्थी राजनीति हाबी छ । यसरी हेर्दा अर्जेन्टिनाको अवस्था र नेपालको अवस्था समान देखिन्छ । अहिले अराजक अभिव्यक्ति दिनेहरू शासनसत्तामा पुगे भने देशको हविगत झनै खराब हुन सक्छ । यो अवस्था बुझेर पनि दलहरू सच्चिने बाटोमा छैनन् । आआफ्नै डम्फु बजाउने राजनीतिक दल र तिनको नेतृत्व नसच्चिए लोकतन्त्र नै सक्किने र अराजकताको उदय हुने प्रबल सम्भावना दूरक्षितिजमा देखिँदै छ । त्यसैले दलहरू परिणाममुखी कामतर्फ लाग्न ढिला भइसकेको छ ।
भारत भ्रमणका क्रममा तेस्रो दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्थानीय समयअनुसार बिहान ११ बजे मध्यप्रदेश राज्य अन्तर्गत उज्जैनस्थित महाकालेश्वर मन्दिरमा ज्योतिर्लिङ्ग भगवान शिवको दर्शन र पूजन गर्न पुगेका थिए। वामपन्थी राजनीतिक पृष्ठभूमिबाट सशस्त्र द्वन्द्वको नेतृत्वसमेत गरिसकेका नेता प्रचण्डसित आध्यात्मिक जागरण हुँदा भगवत दर्शन गर्न प्रेरित भएर गरिएको यो सकारात्मक कार्य देखिन्थ्यो। मन्दिरभित्र पूजा र होम […]
काठमाडौँ । अखिल नेपाल खेलकुद महासङ्घको भेलाद्वारा काठमाडौँ सम्पर्क समिति गठन गरिएको छ । खेलकुद महासङ्घका केन्द्रीय संयोजक पृथ्वी थापाको प्रमुख आतिथ्यता तथा वामपन्थी नेता भैरवराज रेग्मीको विशिष्ट आतिथ्यतामा सोमबार सो भेला सम्पन्न भएको हो ।
भेलामा नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुुरी, अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुन, खेलकुद महासङ्घका केन्द्रीय कोषाध्यक्ष कुशल बुढामगर, केन्द्रीय सदस्य अशोकविक्रम जिसी, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा ब्याडमिन्टन खेलाडी लालबहादुर थापा र अखिल नेपाल युवक सङ्घका केन्द्रीय सल्लाहकार रमेश पौडेलसमेतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि पृथ्वी थापाले खेलाडीलाई राज्यले दोस्रो दर्जाको नागरिक बनाएको प्रसङ्ग जोड्नुभयो । खेलजगत्मा भएको भ्रष्टाचार, अनियमितता र अराजक प्रवृत्तिको उल्लेख पनि उहाँले गर्नुभयो । कोभिड–१९ को महामारीमाझ स्थापना भएको यो महासङ्घले खेलजगत्का सबै गलत प्रवृत्तिका विरुद्ध सङ्घ गर्ने क्रममा नै खेलकुद महासङ्घको संस्थागत विकास हुने दावीसमेत उहाँले गर्नुभयो ।
वामपन्थी नेता भैरवराज रेग्मीले खेलकुद महासङ्घ निर्माणको आवश्यकता, राज्यले खेलकुद जगत्को जिम्मेवारी नलिएको अवस्था, सत्तासिन राजनैतिक पार्टीले खेलजगत्लाई गलत दिशामा लगिरहेको अवस्था, अन्तर्राष्ट्रिय र सरकारी वा गैरसरकारी खेलकुद संस्थाहरूले खेलिरहेको गलत भूमिकाबारे विस्तृत रूपमा चर्चा गर्नुभएको थियो । खेलको पेसागत विकास र सुरक्षा तथा खेलाडीको जीवनयापनको राज्यद्वारा ग्यारेन्टी हुनुपर्ने आवश्यकतामा समेत जोड दिँदै उहाँले खेलजगत्मा सरकारी–गैरसरकारी तबरबाट भइरहेको अनियमितता र भ्रष्टाचारको चर्चा गर्नुभयो । खेलाडीहरू राष्ट्रको जिम्मेवार नागरिक भएको, अन्तर्राष्ट्रिय जगत्मा खेलाडीले नै राष्ट्रियताको पहिचान दिने गरेको, स्वस्थ र अनुशासित राष्ट्रको नागरिक खेलजगत्बाट नै हुने भएकाले खेलाडीहरू जिम्मेवार हुनुपर्ने कुरामा उहाँले जोड दिनुभयो ।
भेलालाई सम्बोधन गर्दै नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले भन्नुभयो– यो सङ्गठन राजनैतिक सङ्गठन नभएर खेलजगत्मा रहेका खेलाडीको सङ्गठन भएको र खेलजगत्मा राज्यको भूमिका प्रभावकारी र गलत रहेकाले यस महासङ्घको गठन हुनु खुसी र स्वागतयोग्य कुरो हो । खेलजगत्मा लागेका खेलखेलाडीको दायित्व राज्यले लिनुपर्दछ । हामी राजनैतिक पार्टीले पनि खेलकुद जगत्को विकासका लागि जोड दिनुपर्दछ । यसका लागि नेकपा (मसाल) ले पनि सहयोग र समर्थन ...