गए रातीदेखि परेको अविरल वर्षाले गर्दा आएको पहिरोका कारण बेनी–जोमसोम सडकखण्ड अवरुद्ध भएको छ । कालीगण्डकी करिडोर अन्तरगतको बेनी–जोमसोम सडकखण्ड अन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानाको रुप्से झरना तथा म्याग्दी र मुस्ताङको सिमाना काभ्रे भीरमा सडक अवरुद्ध भएको हो ।
मुस्ताङका प्रहरी नायव उपरीक्षक (डिएसपी) रामकुमार दानीका अनुसार काभ्रेमा सडकभन्दा माथिबाट ठूलो चट्टान खसेर सडकमा बसेकोले खुलाउन समय लाग्ने देखिएको छ । रुप्से र काभ्रेभीर दुवै स्थानमा सडक खुलाउनका लागि प्रयास गरिए पनि वर्षात्ले गर्दा काम गर्न समस्या भएको छ ।