चीनमा कोरोना भाइरसको प्रकोप बढ्दै, विश्व स्वास्थ्य संगठनद्धारा चिन्ता व्यक्त

विश्व स्वास्थ्य संगठनले चीनमा फैलिएको कोरोना भाइरसको प्रकोपप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । डब्लुएचओका महानिर्देशक टेड्रोस एडनोम गेब्रेयसले चीनको अवस्था चिन्ताजनक रहेको बताएका छन् । उनले चीनसँग जमिनको अवस्थाको व्यापक मूल्याङ्कन र जोखिम मूल्याङ्कनका लागि थप जानकारी मागेका छन् । चीनमा कोरोनाको बीएफ.७ भेरियन्टका कारण स्थिति लगातार खराब हुँदै गइरहेको छ । पछिल्लो २४ […]

सम्बन्धित सामग्री

चीनको राजधानी बेइजिङमा कोरोना सङ्क्रमण बढ्दो

चीनको राजधानी बेइजिङ लगायत ठूला सहरमा कोरोना सङ्क्रमण बढ्दै गएको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि लागू गरेका प्रतिबन्ध हटाइएको दुई हप्तापछि चीनमा पुनः महामारी बढ्न थालेको हो । चीनमा कोरोना रोकथामका लागि लागू भएका प्रतिबन्धविरुद्ध प्रदर्शन भएपछि प्रतिबन्ध फुकुवा गरिएको थियो । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले पछिल्लो समय चीनका अस्पताल सङ्क्रमितले भरिन थालेका समेत जनाएको छ । जाडो याममा श्वासप्रश्वाससम्बन्धी सङ्क्रामक रोगको प्रकोप बढी हुने गरेकाले बेइजिङमा कोभिडको गम्भीर सङ्क्रमण बढ्दै गएको स्वास्थ्य व...

चीनमा कोरोना कहरः केही महिनाभित्र ८० करोड मानिस संक्रमित हुनसक्ने अनुमान

चीनका स्वास्थ्य अधिकारीले कोरोना भाइरसको संक्रमण चीनमा दुई वर्षयताकै सबैभन्दा तिव्ररुपमा फैलिरहेको बताएका छन्। आगामी केही महिनामा चीनमा करोडसम्म मानिस संक्रमित हुनसक्ने अनुमान उनीहरुको छ। एनपीआरको रिपोर्टअनुसार चीनमा कोरोना संक्रमणका कारण ५ लाखको मृत्यु हुनसक्छ। तर चीनको आन्तरीक आँकडाले मृत्यु हुनेको संख्या ठूलो नहुने देखाएको छ। विश्व स्वास्थ्य संगठनको मापदण्ड विपरित मृत्युको गणना गरेको अरोप चीनमाथि लाग्दै आएको छ। (बीबीसी)

कोरोना भाइरसको अनुसन्धान गर्न डब्ल्यूएचओको टोली चीन प्रस्थान

२६ असार, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) की प्रवक्ता मरगारेट ह्यारिसले कोरोना भाइरस (कोभिड–१९) को विशेषज्ञको एक अग्रिम टोली शुक्रबार चीन प्रस्थान गरेको बताएकी छिन् । यो टोलीले चीनमा कोरोना भाइरसको उत्पत्तिको सम्बन्धमा जाँच गर्नेछ । …

पैसाबाट पनि कोरोना सर्छ : डब्लूएचओ

हाल विश्वव्यापी बनेको कोरोना भाइरसको संक्रमण पैसाबाट समेत सर्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ । त्यसैले सजगता अपनाउनका लागि संगठनले आग्रह गरेको छ । यसअघि देखिएका अन्य विभिन्न किसिमका संक्रमण जस्तै कोरोना पनि पैसाबाट फैलन सक्ने भएकाले सजगता अपनाउन संगठनले आग्रह गरेको हो । पैसाको माध्यमबाट कोरोना भाइरस सर्ने खतरा देखिएपछि चीनमा कोरोना प्रभावित क्षेत्रबाट संकलन गरिएका ठूलो परिमाणमा नोट नष्ट गरिएको थियो ।

चीनमा पाल्तू जनावरलाई पनि मास्क

चीनमा कोरोना भाइरसका कारण मर्नेको संख्या २ हजारको हाराहारीमा पुगिसकेको छ । बिरामीको अवस्था यस्तो छ कि पाल्तू जनावरका मालिक आफ्नो कुकुर तथा बिरालोलाई पनि फेस मास्क लगाउन बाध्य भएका छन् । यो भाइरसका कारण कतै आफ्नो पाल्तू जनावरलाई गुमाउनु नपरोस् भन्ने चिन्ता उनीहरूको छ । उनीहरूलाई पाल्तू जनावरका कारण आपूmलाई यो घातक रोग नसरोस् भन्ने डर पनि छ । कोरोना भाइरसको प्रकोप अझै जारी रहेको छ र विश्व स्वास्थ्य संगठनले यसलाई खतरनाक बिमारी घोषणा गरेको छ ।