काठमाण्डाै - खप्तड गोल्डकप फुटबलको उपाधिका लागि आज मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लब खेल्दैछन् ।
धनगढी रङ्गशालामा हुने फाइनल खेल दिउँसो ४ बजे हुनेछ । दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन् ।
मनाङका प्रशिक्षक राजेन्द्र तामाङले आज जितका लागि खेल्ने बताएका छन् ।
यस्तै, मनाङका कप्तान अन्जन विष्टले प्रतियोगिताको सबै खेललाई फाइनल सरह नै लिएको र फाइनलका लागि पनि आफूहरु त्यही तयारीमा रहेको बताएका छन् ।
मनाङ सेमिफाइनलमा हिमालयन शेर्पा क्लबलाई पेनाल्टीमा ४–२ गोल अन्तरले पराजित गर्दै फाइनलमा प...