कैलाली । ए डिभिजन क्लब फ्रेन्ड्स धनगढीमा जारी खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा आइतबार क्यामरुनको एभेनिर फुटबल क्लबलाई २–० गोल अन्तरले हराउँदै फ्रेन्ड्स अन्तिम चारमा पुगेको हो । फ्रेन्ड्सलाई जित दिलाउन जमोउल एन्थोनी फ्रान्कोईसले दुई गोल गरे । अब फ्रेन्ड्सले सेमिफाइनलमा मछिन्द्र र बागमती युथ क्लबबीचको विजेतासँग खेल्ने छ […]