नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा पेश भएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन पारित भएको छ ।
पुस ११ गते उद्घाटन भएको माओवादी केन्द्रको महाधिवेशनको दोस्रो दिन प्रचण्डले ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।
उक्त प्रतिवेदनमाथि प्रतिनिधिहरू समूहगत रूपमा छलफल गरेर निष्कर्ष प्रस्तुत गरेपछि प्रचण्डले प्रतिनिधिले उठाएको प्रश्नमा जवाफ दिएका थिए ।
त्यसक्रममा प्रचण्डले प्रतिनिधिबाट आएका सबै सुझावलाई सकेसम्म प्रतिवेदनमा समेट्ने बताए...