ओखलढुंगा : यहाँको स्थानीय तहका ७५ वटै वडामा स्वास्थ्य युनिट निर्माण र हरेक स्थानीय तहमा अस्पताल निर्माण कार्य धमाधम भइरहेको छ। स्थानीय तह पुनःसंरचनापछि हरेक वडाहरूमा स्वास्थ्य युनिट निर्माणको काम धमाधम भइरहेको हो। ग्रामीण बस्तीमा धमाधम स्वास्थ्य चौकी भवन बनिरहेपनि ती भवनमा आवश्यक उपकरण र कर्मचारी अभाव छ। पछिल्लो समय स्थापना भएका स्वास्थ्य युनिट र बर्थिङ सेन्टरमा उपकरण र दक्ष जनशक्ति अभाव भएको हो।अनमी र हेल्थ असिस्टेन्टको दरबन्दी रहेका कतिपय स्थानमा समेत लामो समयदेखि दरबन्दी खाली न