काठमाडौं : नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्व-सभामुख सुवास नेम्वाङले अध्यादेश ल्याउनका लागि संसद् अधिवेशन जानीजानी अन्त्य गर्ने काम सरकारले गर्न नहुने बताएका छन्।
कुनै पनि लोकतान्त्रिक सरकारले अध्यादेश ल्याउनका लागि संसद् अधिवेशन अन्त्य गर्न नमिल्ने तर्कसमेत गरे। तर, विगतका सरकारहरुले पार्लियामेन्टमा विधेयक ल्याएर कानुन बनाउनुपर्नेमा अध्यादेश ल्याएर गल्ती गरेको उनको निष्कर्ष थियो।
सोमबार प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको सिंहदरबारमा बसेको बैठकमा बोल्दै उनले हरेक लोकतान्त्रिक सरकारले अध्यादेशको बाटो जान नपरोस् भन्ने सोच ...