पोखराको न्यूरोडबाट र्‍यापर लाहुरे खैरो हेरोइनसहित पक्राउ

चर्चित र्‍यापर लाहुरे भनेर चिनिने आशीष राना मगर  लागूऔषध खैरो हेरोइनसहित पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुन्दर तिवारीका अनुसार उनीसहित अन्य ३ जनालाई पोखराको न्यूरोड नयाँ बजार पक्राउ गरेको लोकान्तरलाई बताए ।  ‘हिजो हामीले पक्राउ गरेका हौं,’ प्रवक्ता तिवारीले भने,‘के कति परिणाम भन्ने अहिले खुलिसकेको छैन् ।’  

सम्बन्धित सामग्री

र्‍यापर लाहुरे लागुऔषध सेवन गरेको अवस्थामा पक्राउ

काठमाडौँ – लागुऔषध ब्राउन सुगर सेवन गरेको अवस्थामा प्रहरीले ¥यापर आशीष राना मगर लाहुरे पक्राउ परेका छन् । पोखराको न्यूरोडबाट लाहुरेसहित चारजनालाई बुधबार लागुऔषध खैरो हेरोइन सेवन गरेको अवस्थामा पक्राउ गरिएको कास्कीका प्रहरी प्रमुख रमेश थापाले जानकारी दिएका छन् । लाहुरेसहितलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख थापाले बताए । उनी कास्की प्रहरी हिरासतमा […]

र्‍यापर आशिष राना मगर 'लाहुरे' पक्राउ

काठमाडौः र्‍यापर आशिष राना मगर 'लाहुरे' पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले उनलाई खैरो हेरोइन सहित पोखराको न्यूरोडबाट बुधवार पक्राउ गरेको गण्डकी प्रदेश प्रहरी प्रमुख दिवेश लोहनीले बताए। उनीसँगै अन्य केही मानिस समेत सामातिएका छन्। उनी हिमालय टेलिभिजनबाट प्रशारण हुने रोडिज कार्यक्रममा निर्णायक समेत हुन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको…