चालु आर्थिक वर्षको (२०७७/७८) आर्थिक वृद्धिदरमा बागमती प्रदेशको सबैभन्दा बढी योगदान हुने केन्द्रिय तथ्यांक विभागले प्रक्षेपण गरेको छ । विभागले चालु आर्थिक वर्षको प्रदेशगत कुल ग्राहस्थ उत्पादन (जीडीपी) को प्रक्षेपण सार्वजनिक गर्दै बागमती प्रदेशको जीडीपी वृद्धिदर बढी हुने अनुमान गरेको हो । जीडीपीमा बागमती प्रदेशको १६ खर्ब ८ अर्ब...