काठमाडौँ – मंसिर ४ गतेका लागि देशभर एकै चरणमा निर्वाचनको मिति घोषणा भएसँगै सत्ता गठबन्धनको बैठक बस्दैछ। बैठक आज बिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरि गठबन्धनको बैठक बोलाइएको छ। बैठकमा आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सिट बाँडफाँट छलफल हुनेछ। गत स्थानीय तहमा पनि सत्ता गठबन्धनका दलहरूले तालमेल गरेका थिए।