बर्सेनि जल्छ गमगढी

बर्सेनि आगलागीको भुङ्ग्रोमा पर्छ मुगु सदरमुकाम गमगढी । स्थानीयको असावधानी, आपसमा जोडिएका परम्परागत घर, पूर्वतयारीको अभावलगायत कारण गमगढीमा बर्सेनि आगलागी हुने गर्छ । शुक्रबार राति पनि भीषण आगलागी हुँदा गमगढीका ८ घर जलेर नष्ट भए ।

सम्बन्धित सामग्री

हिउँ र वर्षाले बर्सेनि रोकिन्छन् गाडी

भारी हिमपातका कारण सडकमा झन्डै ३ फिटसम्म हिउँ जमेपछि २ सातादेखि मुगुको गमगढी–नाग्मा सडकमा यातायात बन्द भएको छ । सडकअन्तर्गत घुच्चीडाब, सातमोड, बुलबुले, पिनाखोलालगायत ठाउँमा बाक्लो हिउँ जमेपछि गाडी नचलेका हुन् । रुकुम पश्चिमस्थिते भम्पु–खदी सडकमा पनि हिउँ जमेपछि स्थानीयवासी हिँडेरै आउजाउ गर्न बाध्य छन् ।

सडकको तिरो व्यक्तिलाई

बर्सेनि एक कित्ताको ५ रुपैयाँ वडा कार्यालयमा जग्गाको तिरो बुझाउने गर्छन्, छायानाथरारा–३ का हरिबहादुर रावल । उनले ३५ कित्ताको कर तिरिरहेको उक्त जग्गा भने कर्णाली राजमार्गअन्तर्गतको गमगढी–नाग्मा सडकमा पर्छ । उनका छिमेकी धनलाला तिरुवाले पनि सडकले नै चर्चेको झन्डै २० कित्ताको तिरो तिरिरहेका छन् ।