धरानको करीब ३५% योजना कार्यान्यवन नहुने

मंसिर २७, धरान । आर्थिक वर्ष २०७८/७९ को लागि घाटा बजेट बनाएको धरान उपमहानगरपालिकाको करीब ३५ प्रतिशत योजनाहरु कार्यान्यवन नहुने भएका छन् । उपमहानगरले करीब ५० करोड रुपैयाँको घाटा बजेट बनाएकाले योजनाहरु पनि प्रभावित हुने भएको हो । पूँजीगत खर्चतर्फ ९६ करोड ५४ लाख ६५ हजार ४०० रुपैयाँको विभिन्न योजनाहरु मध्ये वडा स्तरिय २८ करोड र नगर स्तरिय ३५ करोड मात्रै खर्च हुने भएको छ । नयाँ योजनाहरु कार्यान्यवन नहुने भएका हुन् । नगर स्तरिय योजनामा संघीय र प्रदेश समेत रहेको छ । उपमहानगरको चालू खर्च १ अर्ब ३ करोड ९९ लाख ३४ हजार ६०० रहेको छ । धरान उपमहानगरपालिकाको योजना महाशाखाको अनुसार प्राथमिकताको आधारमा योजनाहरु दुई समूहमा विभाजन गरेको छ । पहिलो प्राथमिकतामा क्रमागत योजना रहेका छन् भने दोस्रो प्राथमिकतामा नयाँ योजनाहरु परेका छन् ।  महाशाखा प्रमुख सुरज श्रेष्ठले पहिलो प्राथमिकतामा रहेका योजनाहरु मात्रै यस वर्ष पूरा हुने बताए । उनले भने, ‘प्राथमिकता दुईमा परेका योजनाहरु यस वर्ष कार्यान्यन्वनमा टुंगो छैन, कतैबाट बजेट सुनिश्चितता भए मात्रै हुनसक्छ ।’ उपमहानगरले २ अर्ब ३ करोड ६४ लाख रुपैयाँको घाटा बजेट असार अन्तिममा सम्पन्न नगर सभाले पारित गरेको थियो । नगरसभामा प्रस्तावित आयतर्फ संघीय सरकारबाट ८६ करोड ७७ लाख, प्रदेश सरकारबाट ४ करोड २८ लाख ५२ हजार, राजस्व बाँडफाँड ३४ करोड ५५ लाख ८१ हजार ७५०, आन्तरिक स्रोत ७७ करोड ३८ लाख ६६ हजार २५०, जनसहभागितामा ६४ लाख र अन्य संस्थागत आन्तरिक अनुदानतर्फ ६४ लाख अनुमान आय रहेको छ ।  नगरको वास्तविक आय भने संघीय सरकारबाट २८ करोड १९ लाख ३९ हजार ६२ रुपैयाँ, प्रदेशबाट १ करोड ३२ लाख ४७ हजार, राजस्वबाट ४ करोड ६० लाख ३० हजार ८९१ र आन्तरिक आयतर्फ १८ करोड २४ लाख ४७ हजार ८६३ मात्रै रहेको छ ।  श्रेष्ठका अनुसार पहिलो प्राथमिकतामा परेकाहरु योजनाहरु ठेक्काबाट गर्ने २२ ओटा छन् भने उपभोक्ताबाट गर्ने ५७ ओटा छन् । ति मध्ये नौलो पथ पिच सडक निर्माण धरान १६, शहिदरत्न मार्ग धरान १५, विष्णुपादुका मार्ग प्रदेश सरकारबाट १० लाख आएको ठेक्का लागिसकेको छ । अन्य कार्यक्रमको स्टिमेट डिजाईनहरु भइरहेका छन् ।  त्यसैगरी, रेडक्रसदेखि अमरहाट शिखरबास सडक स्तरोन्नति, तीनढुवाङ्गे लगायत अन्य खोला करिडोरहरु, कार्यालय भवनको बाँकी ब्लक निर्माण, सदनरोडको सर्भे भइरहेको छ । नमूना बस्तीको सडक निर्माण लगायत बहुवर्षिय योजनाहरुको ठेक्का प्रक्रिया अन्तर्गत गर्ने भनेर अघि बढेको छ । यी योजनाहरु दोस्रो चौमासिकमा मात्रै टेण्डर आव्हान गर्ने श्रेष्ठले बताए ।  बसपार्कको काम पनि अघि बढेको छ । १० प्रतिशत पेश्की लगेर ३ वर्षमा सम्पन्न हुने गरी काम अघि बढिसकेको उनले बताए । त्यसै गरी बसपार्क वरिपरि ड्रेनको कामको लागि ५ प्रतिशत पेश्की लगिसकेको छ । त्यस्तै पालिका बजार रहेको जल्पा रोड, चतरालाईनको काम निरन्तर रहेको छ भने बुढासुब्बा देखि विजयपुर सम्मको बाटोको काम पनि भइरहेको उनले बताए ।  उपमहानगरले पुँजीगत तर्फ पहिलो चौमासिकमा ७ दशमलव ८४ प्रतिशत मात्रै खर्च गर्न सफल भएको छ । पहिलो चौमासिकमा योजनाको सम्झौता र क्रमागत योजनाहरुको भुक्तानी हुने भएकाले खर्च कम देखिएको लेखा शाखा प्रमुख भेषराज अधिकारीले बताए । उनका अनुसार ७ करोड ५७ लाख २ हजार ६८५ रुपैयाँ मात्रै खर्च भएको छ । 

सम्बन्धित सामग्री

ओमानमा गर्न हुने र गर्न नहुने काम

दोहा – ओमानस्थित नेपाली दूतावासले नेपालीसहित अन्य विदेशी कामदारहरूले गर्न हुने र गर्न नहुने कार्यको सूची सार्वजनिक गरेको छ। यस्ता छन् गर्न हुने र गर्न नहुने कार्य :  १. गर्न हुने कार्य  ड्रेस कोडको पालना गर्नुहोस् ओमान एक यस्तो देश हो जहाँ धेरै विदेशी कामदारहरू बस्छन्। विशेष गरी यदि तपाईँ पवित्र स्थानहरूमा जाँदै हुनुहुन्छ भने, […]

‘प्रधानमन्त्रीको अमेरिका भ्रमण तत्काल नहुने’

प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण तत्काल नहुने भएको छ । अमेरिकासँग एसपीपी संझौता नगर्ने सरकारको निर्णयका बीच पनि नयाँ नाममा सोही प्रकृतिको सम्झौता हुनसक्ने चर्चा भइरहेको बेला प्रधानमन्त्रीको तत्काल अमेरिका भ्रमण नहुने भएको हो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगको भेटका क्रममा देउवाले आफ्नो तत्काल अमेरिका भ्रमण नहुने भनेर जानकारी गराएका छन् । माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा प्रचण्डले तत्काल प्रधानमन्त्री अमेरिका नजाने ब्रिफिङ गरेको एक नेताले बताए । ‘एस

युक्रेनका नागरिक स्थानान्तरण नहुने

युद्धग्रस्त युक्रेनमा शुक्रबार नागरिकको स्थानान्तरण नहुने भएको छ । युक्रेनका सडकहरूको अवस्था अत्यन्त खतरनाक भएकाले नागरिकको स्थानान्तरण नहुने भएको हो ।त्यहाँका उपप्रधानमन्त्री इरिना भेरेशचुकले टेलिग्राम सन्देश अनुसार रुटहरूमा असुरक्षाको कारणले गर्दा आज अप्रिल २२ मा त्यहाँ कुनै मानवीय कोरिडोरहरू सञ्चालन हुनेछैनन् ।

अझै केही दिन मौसम सुधार नहुने

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै केही दिन मौसम सुधार नहुने भएको छ ।

जनमोर्चा देउवा सरकारमा सहभागी नहुने

काठमाडौं। राष्ट्रिय जनमोर्चा शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी नहुने भएको छ। बुधबार बसेको जनमोर्चाको केन्द्रीय कमिटी बैठकले सरकारमा सहभागी नहुने निर्णय गरेको जनमोर्चाकी उपाध्यक्ष एवं सांसद दुर्गा पौडेलले देखापढीलाई बताइन्। उनले भनिन्– ‘पार्टीले सरकारमा सहभागी नहुने निर्णय गरेको छ, बाहिरैबाट देउवा सरकारलाई हाम्रो समर्थन रहनेछ।’ विपक्षी गठबन्धमा रहेको जनमोर्चासँग प्रतिनिधिसभामा एक सिट रहेको छ।

जसपा तत्काल सरकारमा सहभागी नहुने

काठमाडौं, असार ३० । जनता समाजवादी पार्टी (जसपा) तत्काल सरकारमा सहभागी नहुने भएको छ । जसपा कार्यकारी समितिको मंगलबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको बैठकले सरकारमा तत्काल सहभागी नहुने निर्णय गरेको हो । जसपा कार्यकारिणी समितिका सदस्य रामसहाय यादवले निर्वाचन आयोगमा पार्टी आधिकारिकताको मुद्दा विचाराधीन अवस्थामा रहेकाले जसपा तत्काल सरकारमा सहभागी नहुने बताए । कांग्रेस […]

चितवनमा अक्सिजनको अभाव नहुने

ठूला तीन अस्पतालका आफ्नै अक्सिजन उत्पादन गर्ने प्लान्ट रहेका कारण अक्सिजनको अभाव नहुने भएको हो।

झापामा तत्काल निषेधाज्ञा नहुने

झापामा तत्कालै निषेधाज्ञा जारी नहुने भएको छ  । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले  सो कुरा बताएका हुन् । पूर्वीनाका काँकडभिट्टामा बुधबार सीमाको सुरक्षा व्यवस्था र कोभिड–१९ को नियन्त्रण प्रयासलाई प्रभावकारी तुल्याउने विषयमा सरोकारवालासँगको छलफल कार्यक्रममा उनले निषेधाज्ञा जारी नहुने बताएका हुन् । जिल्लामा हालसम्म कोभिड–१९ का १९४ सक्रिय सङ्क्रमित रहेको हुँदा यसलाई कम गर्दै लैजानका लागि स्वास्थ्य सुरक्षाको मापदण्ड र सरकारी निर्देशनलाई कडाइका साथ पालना गरिनु पर्ने प्रजिअ तिम्सिनाको भनाइ थियो । &...

निषेधाज्ञामा सेयर बजार बन्द नहुने

काठमाडौं। निषेधाज्ञाको समयमा सेयर बजारको कारोबार नरोकिने भएको छ। अनलाईन कारोबार गर्नेहरुको संख्या बढ्दै गएकाले कारोबार बन्द नहुने भएको हो। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बजार बन्द नहुने जानकारी दिएको छ। अघिल्लो वर्षको लकडाउनमा भने चैत ११ गतेदेखि नै बजार बन्द भएको थियो। लगानीकर्ता संघहरुले लगानीकर्ताको स्वास्थ्य जोखिममा पारेर बजार खुला राख्न नहुने माग गरेपछि अघिल्लोपटक बन्द भएको थियो।