एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्न कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा स्वयं ओली निवास बालकोट पुगेका छन् । सत्ता गठबन्धनले ओलीसँग प्रधानमन्त्रीले नै वार्ता गर्नु पर्ने सुझाव दिएपछि देउवा आज शनिवार बिहान बालकोट पुगेका हुन् ।भेटमा प्रधानमन्त्री देउवाले एमालेलाई संसदको अवरोध हटाउन आग्रह गर्ने भएका छन् ।संसदको अवरोध हटाउने विषयमा सर्वदलीय बैठक बोलाउँदा समेत एमाले बैठकमा उपस्थित नभएपछि देउवा नै ओलीस्नागा वार्ता गर्न पुगेका हुन् ।नेकपा एमालेले निरन्तर संसद अवरोध गर्दै आएको छ । एमालेले माधव नेपाल सहितका सांसदलाई एमालेले कारवाही गर्दै पार्टीबाट निष्काशन गरेकोले पार्टीबाट निष्काशित सांसदको उपस्थितिमा संसद चल्न नहुने भन्दै संसद बैठक अवरोध गर्दै आएको छ ।यसअघि सरकार सञ्चालनमा सहयोग गर्न गठित उच्चस्तरीय संयन्त्रका संयोजक रामचन्द्र पौडेलले पनि बालकोट पुगेर एमाले अध्यक्ष ओलीसँग छलफल गरेका थिए । तर सो छलफलले निकास दिन नसकेपछि देउवा आफै छलफल गर्न पुगेका हुन् ।