काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी ओलीले संविधानमा नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन सिफारिस गरेको भन्दै काँग्रेस टुलुटुलु हेरेर नबस्ने बताएका छन् ।प्रतिनिधिसभा विघटन विरूद्ध शनिबार वसन्तपुरमा आयोजित सभामा उनले प्रधानमन्त्री ओलीले आफैलाई संविधान ठान्न मिल्छ भन्दै प्रश्न पनि गरे ।उनले राष्ट्रपति, प्रधानमन्त्री, सांसद सबैले संविधानको पालना गर्नुपर्ने बताए । 'मै संविधान हुँ भनेर प्रतिनिधिसभा विघटन गर्न पाइन्छ ?,' नेता सिंहले भने, 'काँग्र