चक्लाबन्दी खेतीले ल्याएको परिवर्तन

चितवन - चितवनको माडी नगरपालिका वडा नम्बर ८ को कान्तिपुर गन्धर्व (गायक) समुदायको बस्ती हो । विकट बस्ती भएका कारण नयाँ मान्छे आक्कलझुक्कल मात्र पुग्ने गाउँ अहिले कृषि पर्यटन क्षेत्रको रुपमा विकास भएको छ। यहाँ दुई वर्ष अघिसम्म खेतबारीको नमिलेका पाटा कतै बाँझै देखिन्थ्यो त कतै अव्यवस्थित खेती हुन्थ्यो । अहिले त्यही खेतबारी रहरलाग्दा ठूला पाटा बन्ने गरेका छन् । कृषिका आधुनिक मेसिनले खेती गर्न सजिलो भएको छ । पहिले यातायातको सहज पहुँच नभएकाले उत्पादन भएका सामग्रीलाई बजारसम्म पुग्न सकस थियो । तर अहिले गाउँमै भण्डारण गर्ने ठाउँ र ...