लीपमोटरको एक साता लामो ‘टेष्ट ड्राइभ क्याम्पेन’ सुरु

काठमाडौं । साँग्रिला मोटर्सले लीपमोटरको ‘टेष्ट ड्राइभ क्याम्पेन’ आज शुक्रबाट सुरु गर्ने भएको छ । कम्पनीले काठमाडौंको उत्तरढोकामा रहेको भिल्ला ७२ रेष्टुरेन्टमा टेष्ट ड्राइभ क्याम्प लगाएको हो । पुस ६ गतेसम्म चल्ने उक्त क्याम्पेनमा लीपमोटरको सी-१० एसयूभी टेष्ट ड्राइभको लागि उपलब्ध हुनेछ । टेष्ट ड्राइभसँगै एक्सचेन्ज क्याम्प पनि लाग्ने छ । कुनै पनि ब्राण्डका पुराना […]

सम्बन्धित सामग्री

हुन्डाईको ‘टेष्ट ड्राइभ एण्ड वीन’ अफर

काठमाडौं । हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘टेष्ट ड्राइभ एण्ड वीन’ अफर संचालनमा ल्याएको छ । कम्पनीले ल्याएको स्कीममा हुन्डाईको कुनै पनि गाडी टेष्ट ड्राइभ गर्दा उपहार जित्न सकिने कम्पनीले जनाएको छ । कम्पनीले ल्याएको स्कीम अनुसार टेष्ट ड्राइभ गर्ने ग्राहक मध्येबाट हरेक साता माइक्रोवेभ ओभन जित्न सक्नेछन् । त्यस्तै बम्पर उपहार स्वरुप फ्रिज […]

नेपाल आइपुग्यो विलिङ विङ्गो, टेष्ट ड्राइभ सुरु हुँदै

कामाडौं । इन्डोनेशियामा विलिङले उत्पादन गरेको ह्याचव्याक कार विङ्गो नेपाल आइपुगेको छ । यसलाई आधिकारीक बिक्रेता नियुक्त भएसँगै पारामाउन्ट मोटर्सले नेपाल ल्याएको हो । ‘गाडी काठमाडौं आइपुगेको छ । कम्पनीको तर्फबाट गर्नु पर्ने प्रक्रिया छन् । त्यसलाई पुरा गरेपछि टेष्ट ड्राइभ खुल्ला गर्नैछौं । यी सबै काम यहि साता पुरा हुन्छ होला’, कम्पनी स्रोतले मेरोअटोसँग […]

नेपाल प्रबेश गर्दै दुई दमदार इलेक्ट्रीक एसयूभी, मूल्य कति ?

काठमाडौं । नेपाली बजारमा दुई दमदार इलेक्ट्रीक एसयूभी प्रबेश गर्ने तयारीमा छन् । जसमा चेरीको ओमोडा ५ र दिपल एस७ रहेका छन् । चेरी ओमोडाको आगामी साता चीनमा राइट ह्याण्ड ड्राइभ भर्सनको परिक्षण हुँदैछ । उक्त परिक्षण लगत्तै नेपाल ल्याउने प्रक्रिया सुरु हुँदैछ । यसलाई आगामी जनवरीसम्ममा बिक्री सुरु गर्ने तयारी भइरहेको आधिकारीक बिक्रेता कम्पनी […]

ग्राहकले पाउन थाले ईसीथ्री, उपत्यका बाहिर अर्को साता उपलब्ध हुने

काठमाडौं । सिट्रोनको इलेक्ट्रीक कार सीथ्री ग्राहकलाई डेलिभरी दिन सुरु भएको छ । आधिकारिक वितरक साँग्रिला मोटर्सले ईसीथ्री ग्राहकलाई दिन सुरु गरेको हो । कम्पनीले दुई महिना अघि नै बुकिङ लिन सुरु गरेको सीथ्री इलेक्ट्रीकमा २९.२ किलोवाट आवरको लिथियम आयन फोस्फेट ब्याट्री रहेको छ । फ्रन्ट ह्वील ड्राइभ सिस्टममा उपलब्ध सिट्रोन सीथ्रीमा रहेको ४२ किलोवाट […]

जेडएस ईभीको टेष्ट ड्राइभ सुरु, यसरी लिनुस् समय

काठमाडौं । एमजीको आधिकारीक विक्रेता पारामाउन्ट मोटर्सले लङ रेन्ज जेडएस ईभीको टेष्ट ड्राइभ सुरु गरेको छ । अघिल्लो वर्ष फागुन १५ गते सार्वजनिक भएपनि कर वृद्धिसँगै जेडएस ईभीको आयात बन्द भएको थियो । लामो प्रतिक्षापछि पारामाउन्ट मोटर्सले लङ रेन्ज जेडएस ईभी नेपाल ल्याएको हो । अघिल्लो साता जेडएस ईभी नेपाल आएसँगै कम्पनीले यसको टेष्ट ड्राइभ […]

कान्तिपुर ग्राहक योजना आजदेखि

कान्तिपुर पब्लिकेसन्सले शुक्रबारदेखि ग्राहक विशेष योजना सुरु गरेको छ । यस ‘सब्स्क्राइब एन्ड ड्राइभ रिलोडेड’ विशेष योजनामा कान्तिपुर दैनिक र द काठमान्डु पोस्टका नयाँ ग्राहक बन्ने र नवीकरण गर्नेमध्येबाट एक भाग्यशालीलाई लक्की ड्रमार्फत बम्पर उपहार ‘किया सोनेट’ कार प्रदान गरिने छ । यस्तै हरेक महिना ‘सेग्वय’ इलेक्ट्रिक स्कुटर र हरेक साता ४३ इन्चको ‘स्मार्ट एलईडी टीभी’ दिइनेछ ।

गाडी व्यवसायीलाई लाग्यो दशैँ, कुन कम्पनीको कस्तो छ अफर ?

अटोमोबाइल्स व्यवसाय चलायमान बन्ने सिजन हो अहिले । दशैँको मुखैमा हुने ‘नाडा अटो शो’ गत वर्षदेखि हुन पाएको छैन । यदि अटो शो हुँदो हो त, विभिन्न कम्पनीले त्यहीँबाट आफ्ना अफर सार्वजनिक गर्थे । तर, अहिले कम्पनीहरुले दशैँ र तिहार लक्षित अफरहरु सामाजिक सञ्जाल र पत्रकार सम्मेलनमार्फ सार्वजनिक गर्दै आएका छन् ।बिक्रेताहरुले आफ्नो शोरुमसम्म ग्राहकलाई तान्न विभिन्न अफर ल्याएका छन् । सर्भिसिङदेखि नगद छुटसम्मका स्किमहरु छन् । यति मात्रै नभई कम्पनीहरुले गिफ्ट ह्याम्परको पनि व्यवस्था गरेका छन् ।सुजुकीसुजुकी चार पांग्रे सवारीको नेपालका लागि आधिकारिक बिक्रेता हो सिजी मोटोकर्प । सिजी मोटोकर्पले चाडपर्व लक्षित ‘सुजुकी पर्वोत्सव अफर’ योजना ल्याएको छ ।यो योजना अन्तर्गत २ लाख रुपैयाँ बराबरको नगद छुट, १ लाख ५० हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस, २० हजार रुपैयाँसम्म लोयल्टी बोनस, १ वर्षको बीमा र स्क्रयाच कार्डमार्फत ७५ हजारसम्म अतिरिक्त छुट पाउन सकिने छ । हुण्डाईहुण्डाई ब्राण्डका गाडीको नेपालको आधिकारिक बिक्रेता हो लक्ष्मी इन्टरकन्टिनेन्टल । कम्पनीले चाडपर्वको अवसरमा ‘हुण्डाई फेस्टिभ डिलाइट २०७८’ नामक अफर योजना ल्याएको छ । यस अफर योजनाअन्तर्गत ३ लाख रुपैयाँसम्मको नगद छुट, स्क्रयाच कार्डमार्फत १ लाखसम्म थप नगद छुटसहित १ वर्षसम्मको बीमा र सडक दस्तुर फ्रि गरिदिएको छ ।बम्पर उपहारमा १ जना ग्राहकले लक्की ड्रमार्फत हुण्डाई आई–२० गाडी पाउने छन् ।ड्याट्सनड्याट्सन गाडीको नेपालका लागि आधिकारिक बिक्रेता हो पायोनियर मोटोकर्प । कम्पनीले चाडपर्वको अवसरमा ‘ड्याट्सन फेस्टिभ हट डिल’ नामक अफर योजना ल्याएको छ ।यो योजनामा ग्राहकले २ लाख ४ हजार १५२ रुपैयाँको विशेष सुविधा, १ लाख २५ हजार नगद छुट पाउने छन् । ड्याट्सनको गाडी किन्ने ग्राहकले २७ हजार ९९९ रुपैयाँ पर्ने रेड्मी नोट–१० एस मोबाइल पनि पाउने छन् ।१ वर्षको बीमा, एक आर्थिक वर्षको कर पनि योजनामा समावेश गराईएको छ । फाइनान्स र एक्स्चेन्ज अफर पनि उपलब्ध रहेको छ ।निशाननिशानका गाडीहरु नेपालमा बिक्रि गर्ने आधिकारिक बिक्रेता हो पायोनियोर मोटोकर्प । कम्पनीले चाडपर्व लक्षित ‘निशान फेस्टिभ ड्राइभ’ नामक अफर योजना ल्याएको छ । योजनाअन्तर्गत निशान गाडी खरिदमा २ लाख ५० हजारसम्म नगद छुट, १ वर्षको बीमा, १ वर्षको सडक दस्तुर, ३ वर्ष निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी रहेको छ ।टाटाटाटा मोटर्सको नेपालका लागि आधिकारीक वितरक हो सिप्रदी ट्रेडिङ प्रा.ली. । कम्पनीले दशैँ तिहारको अवसरमा ‘यसपालीको दशैँ तिहार, टाटाका सफेस्ट कार, हर्षमय परिवार’ नामक योजना ल्याएको छ ।यो योजनाअन्तर्गत २ लाखसम्म नगद छुट, एक्सचेन्ज बोनस, निशुल्क एक्सेसोरिज र एक वर्षको निःशुल्क सडक कर रहेको छ । व्यवसायीक गाडीमा खरिद तथा बुकिङमा ग्राहकले ४ पटकसम्म उपहार पाउने छन् । टाटाको मिनी ट्रक, मिनी टिपर, ट्रक, टिपर, बस, योद्धा, एस, विङ्गर, इन्ट्रा र म्याजिक लगायतका व्यवसायीक गाडीको खरिदमा ग्राहकले एसी, वासिङ मेसिन, ल्यापटप, स्मार्ट टीभी, स्मार्टफोन, फ्रिज, ईएमआई, सर्भिस कुपन, क्यास ब्याक लगायतका उपहार प्राप्त गर्न सक्नेछन् ।कम्पनीले हरेक साता ‘लक्की ड्र’ मार्फत गाडी बुकिङ गर्ने ग्राहकहरूमध्ये १ जनालाई ४० इन्चको एमआई स्मार्ट टिभी र बम्पर लक्की ड्रमा गाडी खरिद गरेका ग्राहकहरूमध्ये ४३ जनाले थप उपहार पाउने पनि जनाएको छ ।प्रोटोनप्रोटोनको लागि नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले पनि चाडपर्व लक्षित योजना ल्याएको छ । ‘दशैँ–दक्षिणा’ नामक योजनाअन्तर्गत ग्राहकले प्रोटोनको सागा र एक्स–७० को खरिदमा ६ लाख रुपैयाँसम्म दक्षिणा पाउन सक्नेछन् ।कुनै पनि ब्राण्डको पुरानो गाडी राखेर नयाँ प्रोटोन एक्सचेन्ज गरेमो ५० हजार देखि २ लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस पनि उपलब्ध गराईने कम्पनीले जनाएको छ । पूरै पैसा तिरेर नयाँ गाडी किन्दा ५० हजारदेखि २ लाख ५० पचास हजारसम्म छुटको व्यवस्था गरेको छ ।किस्ताबन्दीमा सवारी खरिद गर्न शंकर ग्रुप अन्तर्गतको जगदम्बा सेभिङ एन्ड क्रेडिट कोओपरेटिभले इन–हाउस फाइनान्सिङको सुविधा पनि उपलब्ध गराउने छ ।अफर समायोजन नगरी प्रोटोन सागाको मूल्य ३७ लाख ९९ हजार र प्रोटोन एक्स–७० को मूल्य ८६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।फक्सवागनफक्सवागन गाडीको लागि नेपालको आधिकारिक बिक्रेता हो पुजा इन्टरनेशनल । कम्पनीले ‘दशैँ तिहार भल्क फेस्ट’ नामक योजना ल्याएको छ । योजना अन्तर्गत ग्राहकले बिएमडब्लु जी–३१० जिएस, सुजुकी बर्गम्यान स्कुटर र सामसङ ग्यालेक्सी जेड फ्ल्पि–३ मोबाइल जित्न सकिनेछ । नगद छुट पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।फोर्सफोर्स मोटर्सका लागि नेपालको आधिकारिक बिक्रेता हिमालय अर्गनाइजेसन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले दशैं तिहार लक्षित फोर्सको १० अफर योजना ल्याएको छ । फोर्स मोटर्सले ‘फोर्स मोटर्स दशैँ तिहारमा १० अफर’ नामक योजना ल्याएको हो ।अफर अन्तर्गत गाडीको मूल्यमा १० प्रतिशत नगद छुट, स्पेयर पार्टस्मा १० प्रतिशत छुट प्रदान गरिने कम्पनीका महाप्रवन्धक मनोज इटानीले जानकारी दिए । १० पटकसम्म निःशुल्क सर्भिसिङ प्रदान गरिनेछ भने १० जनालाई लक्की ड्रबाट सामसुङ एफाइभ–टु मोडलको स्मार्ट फोन उपहार प्रदान गरिनेछ ।फोर्सको क्रुजर जिप र ट्राभलर माइक्रो बस तथा मिनी बसका कुनै पनि मोडेलका गाडीहरु खरिद गर्दा यो अफर पाउन सकिने कम्पनीले जनाएको छ । फोर्स मोटर्स नेपालका तर्फबाट अहिलेसम्म कै सबैभन्दा ठूलो अफर ल्याएको इटानीले बताए ।फोर्स गाडीको प्रत्येक मोडलमा ३ वर्ष वा ३ लाख किलोमिटरसम्मको वारेन्टी सुविधा उपलब्ध छ ।