बलात्कार घटना मिलाउन खोज्ने वडासदस्यसहित ७ जना पक्राउ, भद्र भलादमीलाई चिया खर्च !

रुकुम (पूर्व) : बलात्कार घटनामा मिलापत्र गरेको आरोपमा रोल्पामा वडासदस्यसहित सात जना पक्राउ परेका छन्।जेठाजुबाट बुहारी बलात्कार भएको घटनालाई गाउँमै मिलापत्र गरेको आरोपमा प्रहरीले लुङ्ग्री गाउँपालिका–४ का  वडा सदस्य हिमबहादुर विष्टसहित अन्य ६ जनालाई प्रहरीले पक्राउ गरेको हो। पीडितको उजुरीको आधारमा बलात्कारको आरोपीसहित मिलापत्र गराउने स्थानीय दुर्गे विष्ट, नवीन विष्ट, पुस्त विष्ट, पुस्ते खड्का र पीडितका ससुरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख एवं डीएस