सुभाषचन्द्र देवकोटा -
शक्तिको मद चढेपछि
जनताको छातीमा छुरा चलायौ
देशको माटो बिर्सियौ
त्यसैले कमरेड
हाम्रो बाटो फरक पर्यो
एयरपोर्टबाट अवैध सुन र पैसा
घरमा भित्रिन थालेपछि
हैसियत सप्रेको ढोङ रच्यौ
आफन्तहरूलाई छोडेर पराईसँग घाँटी जोड्यौ
त्यसैले कमरेड
हाम्रो बाटो फरक पर्यो
विदेशी एजेन्टहरू
बेरोकतोक कोठा कोठामा छिर्न थालेपछि
शहीदहरूको सपना…