इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई पराजित गरेको छ। वाङ्खेडे स्टेडियम मुम्बईमा गएराति भएको खेलमा दिल्लीले कोलकातालाई ४ विकेटले हराएको हो। कोलकाताले दिएको १४७ रनको लक्ष्य दिल्लीले एक ओभर बाँकी छँदै ६ विकेट गुमाएर पूरा ग¥यो। उसका डेविड वार्नरले ४२ र अक्षर पटेलले २४, ललित यादवले २२ रन जोडे। रोभमान पवेल ३३ रनमा अविजित रहे। पृथ्वी श पहिलो बलमै आउट भएका थिए। यसअघि पहिला ब्याटिङ गरेको कोलकाताले ९ विकेटको क्षतिमा १ सय ४६ रन बनाएको थियो । उसका