एजेन्सी। कोलकाता नाइट राइडर्स(केकेआर)का स्पिनर वरुण चक्रवर्तीको हेलचेक्राइँका कारण आईपीएल क्रिकेट टिममा कोरोना फैलिएको एक मिडिया रिपोर्टमा बताइएको छ। तेज बलर सन्दीप वारियर र चक्रवर्तीलाई कोरोना देखिएपछि सोमबार केकेआर र रोयल च्यालेन्जर्सबीचको खेल स्थगित भएको थियो। केही दिनअघि संक्रमण पुष्टि भएका चक्रवर्ती अस्पतालबाट फर्किएर क्वारेन्टिन नबसी सीधै दिल्ली क्यापिटल्सविरुद्धको खेल खेल्न पुगेका थिए। त्यसपछि सन्दीपलगायत अन्य खेलाडीमा संक्रमण भएको बताइन्छ।