चरित्र हत्या आरोपमा ४ युट्युब च्यानल सञ्चालक पक्राउ

काठमाडौं : प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले चारवटा युट्युब च्यानलका सञ्चालकलाई पक्राउ गरेको छ। एक महिलाको चरित्र हत्या हुने र समाजमा घृणा फैलाउने सामग्री प्रशारण गरेको आरोपमा ब्यूरोले उनीहरूलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो।ब्यूरोका अनुसार पीडित महिलाको उजुरीका आधारमा उनीहरूलाई काठमाडौंबाट पक्राउ गरिएको हो। पक्राउ पर्नेमा दैनिक खबर युट्युब च्यानलका सञ्चालक तुलसीपुर उपमहानगरपालिका-१७ मिमुवा घर भएका हाल गोकर्णेश्वर नगरपालिका बस्ने २१ वर्षका प्रदीप भण्डारी रहेका छन्।

सम्बन्धित सामग्री

धमाधम युट्युबर पक्राउ

काठमाडौं, २५ फागुन । युट्युब च्यानलमार्फत चरित्र हत्या गर्ने उद्देश्यले समाचार सम्प्रेषण गर्ने थप दुईजना पक्राउ परेका छन् । गम्भिर प्रकारको अपराध अनुसन्धानको प्रक्रियालाई समेत प्रभावित पार्ने उद्देश्यका साथ पीडितको मानमर्दन र चरित्र हत्या हुने गरी भ्रामक समाचार प्रसारण गर्ने हरि परियार र निशान चिलवाललाई प्रहरीले पक्राउ गरेको हो । नेपाल मिडिया युट्युब च्यानल सञ्चालन […]

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने तीनजना पक्राउ

युट्युब च्यानल तथा सामाजिक सञ्जालमार्फत गालीगलौज र चरित्रहत्या गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–२१ का २९ वर्षीय दिपु भनिने  विकास महर्जन र गुल्मी भनभने नगरपालिका–९...

पीडितको चरित्र हत्या गरेको आरोपमा युट्युबर पक्राउ

काठमाडौँ– पीडितको चरित्र हत्या गर्ने उद्देश्यले भ्रामक समाचार सम्प्रेषण गरेको आरोपमा प्रहरीले एक जना युट्युब च्यानल सञ्चालकलाई पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्यूरोले युट्युब च्यानलमार्फत पीडितको मानमर्दन र चरित्र हत्या गरेको आरोपमा गुल्मी भनभने–९ स्थायी ठेगाना भइ हाल बुटवल बस्दै आएका २१ वर्षीय राहुल थापालाई पक्राउ गरेको हो। प्रहरीका अनुसार काठमाडौँ जिल्ला अदालतबाट अनुमति […]

पीडितको चरित्र हत्या गर्ने युट्युब च्यानलका सञ्चालक पक्राउ

काठमाण्डाै – पीडितको चरित्र हत्या गर्ने सेलेब नेपाल (Celeb Nepal) नामक युट्युब च्यानलका सञ्चालक पक्राउ परेका छन् । पीडितको मानमर्दन र चरित्र हत्या गर्ने उद्देश्यले भ्रामक समाचार सम्प्रेषण गर्ने गुल्मीको भनभने घर भइ बुटबल बसेर युट्युब च्यानल चलाउने राहुल थापालाई प्रहरीले पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत काठमाण्डौबाट पाँच दिनको म्याद थपको अनुमतिसहित थप अनुसन्धान भइरहेको प्रहरीको साइबर ब्युरोले जनाएको छ । यस्तै फेसबुकमा नाबालिकाको अश्लील तस्बिर र अश्लील स्टाटस फेसबुकमा अपलोड गरेर उनका...