प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था नेपाल प्रहरीकै मातहतमा राख्ने गरी सहमति जुटाएको छ ।बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय (पहिलो संशोधन) विधेयक, २०७९ को मस्यौदामा उपत्यकाको सुरक्षा व्यवस्था नेपाल प्रहरीले हेर्ने व्यवस्था गर्ने निर्णय गरेको हो ।