श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले रोजगारदाता र श्रमिकको बीचको खाडल पुर्न श्रमाधान रोजगार मेलाको आयोजना गरिएको बताएका छन् । लुम्बिनी प्रदेशको बुटवलमा बुधबार आयोजित श्रमाधान रोजगार मेला उद्घाटन गर्दै मन्त्री अर्यालले रोजगारदाता र श्रमिकलाई एकै स्थानमा भेट गराउन श्रम मन्त्रालयले सातै प्रदेशमा मेलाको आयोजना गरेको बताएका हुन् ।