प्रधानमन्त्री कप : बाग्मती र मधेस तथा सुदूरपश्चिम र कर्णाली प्रदेश खेल्दै

काठमाण्डाै - प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा आज बाग्मती र मधेस प्रदेश तथा सुदूरपश्चिम र कर्णाली प्रदेश खेल्दैछन् । बाग्मती र मधेस प्रदेशको खेल कीर्तिपुर मैदानमा हुने छ भने सुदूरपश्चिम र कर्णालीको खेल मूलपानी मैदानमा हुनेछ । दुवै खेल बिहान साढे ९ बजे सुरु हुनेछ । समूह 'ए' मा रहेको कर्णाली र सुदूरपश्चिम आज पहिलो जितको खोजीमा हुनेछन् । अहिलेसम्म खेलेको तीन खेलमा तीनैमा हार ब्यहोरेको सुदूरपश्चिम समूहको पुछारमा छ भने दुवै खेलमा दुवै हारेको कर्णाली पुछारभन्दा माथि छ । यस्तै, समूह 'बी' ...