काठमाडौँ। सजिलो सेवाले नयाँ ‘सजिलो सेवा एप’ सञ्चालनमा ल्याएको छ। कम्पनीले यस एप मार्फत आफ्नो सेवाको दायरालाई अझ फराकिलो बनाउँदै होम रिपेयर, होम सैलुन, इभेन्ट म्यानेजमेन्ट, मेडिकल टेस्ट एट होम, गार्डेनिङ, ड्राइभर, क्लिनिङ तथा पेस्ट कन्ट्रोल लगायत ५० भन्दा बढी सेवाहरु प्रदान गर्ने छ।