नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले आफूलाई हातपात गर्न कोशिस नगरेको प्रष्टीकरण दिएका छन् । शनिबार उनले ट्वीटरमार्फत आफूहरुबीच मुद्दामा फरक तरिकाले बहस मात्र भएको बताए । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा सरकारी निवास बालुवाटारमा पार्टी प्रवक्ता र आफ्नो विषयमा सामाजिक सञ्जालमा आएका विषय सत्य नभएको पनि उनले बताएका छन् […]