म्याग्दी : मनसुन चाँडै सुरु भएर वर्षा हुन थालेपछि हिमाली जिल्ला म्याग्दीको लेकाली क्षेत्रमा धान रोपाइँ सुरु भएको छ ।जिल्लाका मालिका, मंगला, रघुगंगा, अन्नपूर्ण, धौलागिरि गाउँपालिकाका सबै ठाउँमा र बेनी नगरपालिकाका ज्यामरुककोट, गौश्वारा, बिमिराबोट, तमाने, भकिम्ली, पुलाचौर, घतान लगायत ठाउँमा रोपाइँ सुरु भएको हो।धान रोप्ने धमाधम भइसक्दा पनि रासायनिक मल नपाएको उनीहरू गुनासो गर्छन्। ‘पानी परेर खेतका गरा भरिएका छन्। ब्याडमा बीउ बढेर घाँस बन्न थालेको छ’, बेनी