गाउँपालिकाको अनुदानमा सयपत्री फूलखेती

काठमाडौँ,४ साउन । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले फूलखेतीमा ५० प्रतिशत अनुदान दिएसँगै फूलखेतीतर्फ किसान आकर्षित भएका छन् । फूलखेतीका माध्यमबाट स्थानीयवासीलाई रोजगारी दिने र आर्थिक लाभ लिने उद्देश्यसहित गाउँपालिकाले गतवर्ष आफैले फूलखेती थालेकामा यसवर्ष किसानलाई ५० प्रतिशत अनुदान दिएर फूलखेतीतर्फ आकर्षित गरेको हो । यसवर्ष गाउँपालिकाले करिब १५ रोपनी क्षेत्रफलमा र अन्य किसान समूह तथा व्यक्तिको […]

सम्बन्धित सामग्री

बजार मूल्यभन्दा सस्तोमा सयपत्रीको माला बेच्दै सहकारी

झापा । गौरादह नगरपालिका–६ स्थित महारानीझोडा साना किसान कृषि सहकारी संस्थामा सयपत्रीको माला खरिद गर्न आउनेको घुइँचो लागेको छ । बजार मूल्यभन्दा ३० प्रतिशत सस्तोमा माला बिक्री सुरु गरेपछि त्यहाँ स्थानीयवासीको घुइँचो लागेको हो । बजारमा सयपत्री फूलको एउटा मालाको मूल्य रु एक सय भए पनि सहकारीले रु ७० मै बिक्री गरिरहेको छ । गौरादह, गौरीगञ्ज, कमल र दमकबाट पनि फूल खरिदका लागि ग्राहक आउने गरेको सहकारीकी अध्यक्ष मीना ढकालले बताइन् । बजार मूल्यभन्दा सस्तोमा बेच्दा स्थानीय उपभोक्तालाई लाभ पुग्ने र संस्थालाई पनि घाटा नहुने हुँदा सस्तो मूल्य निर्धारण गरिएको उनले बताइन् । सहकारीले ५ कठ्ठा जग्गामा सयपत्री फूलखेती गरेको थियो । सहकारीले मुनाफाका लागि आउने बिचौलियालाई यसपाली तिहारमा फूल नबेच्ने र स्थानीय वरपरका पालिकाका उपभोक्तालाई सिधैँ बिक्री गर्ने नीति लिएको थियो। उपभोक्ता महँगोमा नपरुन् भनेर बिचौलियालाई फूल नबेचेको अध्यक्ष ढकालको जिकिर थियो । भारतबाट तिहारका लागि आउने फूल निरुत्साहित गर्न सहकारीले फूलखेती गरेको र आफ्ना सदस्यलाई पनि सयपत्री फूलमा आत्मनिर्भर बन्न प्रोत्साहित गरिरहेको जनाएको छ । 'सहकारीले उपभोक्तालाई सहुलियत मूल्यमा फूल र यसबाट बनेको माला बेच्नुपर्छ भन्ने हाम्रो मान्यता हो,' अध्यक्ष ढकालले भने, त्यसैअनुसार हामीले बजारभन्दा सस्तो मूल्य निर्धारण गरेका छौं ।'            पहिलो पटक परीक्षणका लागि सयपत्री फूलको खेती गरे पनि अर्को वर्ष खेती विस्तार गरेर जिल्लाभर पुग्ने माला उत्पादन गर्ने सोच बनाएको उनको भनाइ थियो । संस्थाका प्राविधिक मनोज भट्टराईका अनुसार सहकारीले लक्ष्मीपूजा र भाइटिकाका लागि दुई सय मालाको फूल अग्रिम अर्डरसमेत लिइसकेको छ । सहकारीको फूलबारीमा ठूला आकारका एकै दरका थुँगा सयपत्री फूलेका छन् । सहकारीले प्रति थुँगाको मूल्य रु दुई तोकेको छ । यहाँको सयपत्री फूलखेतीमा फोटो खिचाउनसमेत स्थानीय युवायुवती आउने गरेका छन् ।      झापामा तिहार र छठ पर्वमा धेरै मात्रामा सयपत्री फूल खपत हुने गरेको छ । सयपत्री फूलको खेतीमा बजारको समस्या नमएको उनको भनाइ थियो । यसैगरी मेचीनगर नगरपालिका–४ मा वडा कार्यालयले आफ्नै लगानीमा फूलखेती गरेको छ । आफ्नो वडामा बाहिरबाट फूल खरिद गर्नु नपर्ने वडाध्यक्ष अर्जुन कार्कीले बताए । विर्तामोड नगरपालिका, भद्रपुर नगरपालिका र कमल गाउँपालिकामा समेत सयपत्री फूलको तिहार लक्षित व्यावसायिक खेती भइरहेकाले झापा यसवर्ष फूलमा आत्मनिर्भर बन्ने अनुमान गरिएको छ ।

ड्रागन खेतीसँगै सयपत्री फूलखेती

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बुलबुले टोलमा रहेको ड्रागन खेतीमा ढकमक्क फुलेको सयपत्री फूल । तस्बिरः सुरेश आचार्य/रासस

स्याङ्जाको वालिङमा रहेको सहकारीद्धारा फूलखेती

वालिङ (स्याङ्जा), १६ कात्तिक । स्याङ्जाको वालिङमा रहेको वालिङ कर्मचारी बचत तथा ऋण सहकारी संस्थाले व्यावसायिकरुपमा सयपत्री फूल उत्पादन गरेको छ । बचत तथा ऋणको कारोबार गर्दै आएको उक्त सहकारीले आफ्ना शेयर सदस्यलाई फूलखेती गर्नतर्फ प्रेरित गर्ने उद्देश्यसहित व्यावसायिकरुपमा सयपत्री फूलखेती थालिएको सहकारीका अध्यक्ष दिपेन्द्र गैरेले बताए ।“सहकारीले शेयर सदस्यहरुबीच आर्थिक कारोबार मात्रै नगरी उनीहरुलाई […]

उन्नाइस रोपनी जमिनमा सयपत्री फूल

तनहुँको आँबुखैरेनी गाउँपालिकामा पहिलो पटक सयपत्री फूलखेती सुरु गरिएको छ । उक्त गाउँपालिकाको दुई ठाउँमा पहिलो पटक सयपत्री फूलखेती सुरु गरिएको हो ।

उन्नाइस रोपनी जमिनमा सयपत्री फूल

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकामा पहिलो पटक सयपत्री फूलखेती शुरू गरिएको छ । गाउँपालिकाले अध्यक्षसँग कृषि विकास कार्यक्रमअन्तर्गत महिलालाई फूलखेतीमा आकर्षण गर्न सयपत्री फूलखेती कार्यक्रमलाई अगाडि बढाएको हो । घरायसी काममा व्यस्त रहँदै आएका महिलालाई आयआर्जनमा जोड्न यो कार्यक्रम ल्याइएको गाउँपालिकाले जनाएको छ । वडा नं १ स्थित यान्चोक आमा समूहमार्फत् १२ रोपनी र आँधीमूल आमा समूहमार्फत् सात रोपनी जमिनमा सयपत्री फूलखेती शुरू गरिएको छ । त्यसका लागि फूलको बिरुवा सहयोगस्वरुप उपलब्ध गराइएको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिए। उनले भने, “दुवै ठाउँमा बिरुवा रोपेको २० दिन भयो, ९० दिनमा फूल फूलेर एक सय २० दिनमा बिक्रीका लागि तयार हुन्छ ।” आगामी तिहारलाई लक्ष्य गरी फूलखेती शुरू गरिएको उनको भनाइ थियो । यस वर्ष केही ढिला भए पनि छिटो फूल्ने मल प्रयोग गरिएको उनले बताए । गाउँपालिकाले सयपत्री फूलखेतीलाई प्राथमिकतामा राखेर गाउँपालिकाअन्तर्गतका सबै कार्यक्रममा खादा प्रयोगको सटृासयपत्रीको मालालाई प्राथमिकता दिने निर्णय गरिसकेको छ । उनले भने, “फूल फुल्न थालेपछि पालिकाका हरेक कार्यक्रममा सयपत्रीको माला प्रयोग हुन्छ । आँधीमूलमा लाग्ने मेलामा पनि सयपत्री फूलले सहयोग पुर्‍याउँछ ।”      यहाँ शुरू गरिएको फूलखेतीले प्रत्येक वर्ष बाहिरबाट फूल खरिद गरेर ल्याउनुपर्ने अवस्था अन्त्य हुने यान्चोक आमा समूहकी अध्यक्ष सुनिता आलेमगरले जानकारी दिइन्। उनले भनिन्, “आमा समूहमा आबद्ध महिला अहिले गोडमेल र रेखदेखमा लागिरहेका छन् । फूलखेतीले महिलालाई आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास गरेका छौँ ।” आँधीमूल आमा समूहकी अध्यक्ष ललिता मगरले पनि घरायसी काममा व्यस्त रहँदै आएका महिलालाई आवद्ध गराई फूलखेती शुरू गरिएको जानकारी दिए। गाउँपालिकाले अध्यक्षसँग कृषि विकास कार्यक्रमअन्तर्गत महिलालाई फूलखेतीमा आकर्षण गर्न सयपत्री फूलका बिरुवा वितरण गरेको थियो । महिलालाई फूलखेतीमा आकर्षित गराउँदै आयआर्जनसँग जोड्ने उद्देश्यसहित सय प्रतिशत अनुदानमा बिरुवा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । उनले भने, “सयपत्री फूल प्रत्येक वर्ष विदेशबाट आयात हुँदै आएको थियो । त्यसको आयत प्रतिस्थापन गरी गाउँपालिकालाई आत्मनिर्भर बनाउने लक्ष्य राखेका छौं ।” गाउँपालिकाले वडा नं १ को आँधीमूल आमा समूहलाई आठ हजार चार सय र यान्चोक आमा समूहलाई १२ हजार सयपत्री फूलको बिरुवा वितरण गरेको थियो । गाउँपालिकामा पुष्पखेती नहुँदा हरेक वर्ष बाहिरबाट फूल ल्याउनुपर्ने अवस्था रहेकाले गाउँपालिकाभित्रै फूल उत्पादन हुन सके त्यो अवस्था रोकिने अध्यक्ष चुमानको भनाइ थियो। उनले भने, “फूलखेतीबाट महिलाले आम्दानी पनि गर्न सक्ने र यसले गाउँपालिकालाई पनि फूलमा आत्मनिर्भर बनाउन सहयोग पुग्नेछ ।”

कालीगण्डकी गाउँपालिकाले गर्‍यो ५ लाखको सयपत्री फूल विक्री

कात्तिक २०, स्याङ्जा । कालीगण्डकी गाउँपालिकाले रू. पाँच लाख बाराबरको फूल विक्री गरेको छ । फूलखेतीका माध्यमबाट स्थानीयवासीलाई रोजगारी दिने योजनाअनुसार १९ रोपनी जमिनमा लगाएको सयपत्री फूल विक्री गरेर गाउँपालिकाले रू. पाँच लाख आम्दानी गरेको हो । गाउँपालिकाले वडा नं ७ को बारीचौरमा पाँच र वडा नं ४ बिर्घा पुछारमा १४ रोपनी गरी कुल १९ रोपनी जग्गा भडामा लिएर सयपत्री फूलखेती गरेको थियो ।  फूल विक्रीका लागि कुनै पनि समस्या नभएको र मागअनुसारको फूल पुर्‍याउन नसकेको गाउँपालिकाले जानकारी दिएको छ । गाउँपालिकाभित्रै रोजगारी सिर्जना गर्ने योजना अनुसार पहिलोपटक शुरु गरेको व्यावसायिक फूलखेती सफल भएपछि यसलाई सबै वडामा विस्तार गर्ने योजना रहेको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिए । उनले भने, ‘स्थानीय बासिन्दालाई आवश्यक पर्ने फूलको बीउ, प्राविधिक सहयोगसमेत उपलब्ध गराएर यसलाई फूलैफूलको गाउँपालिका बनाउने योजनाअनुसार हामी काम गर्दैछौँ ।’ काम गर्ने किसानलाई आवश्यक सहयोग प्रदान गरेर प्रोत्साहन गर्ने कार्यमा गाउँपालिकाले कुनै पनि प्रकारको कन्जुस्याइँ नगर्ने अध्यक्ष थापाले बताए ।    किसानले उत्पादन गरेका वस्तु बजारीकरणको जिम्मासमेत गाउँपालिकाले लिने अध्यक्ष थापाको भनाइ छ । कृषिका माध्यमबाटै स्थानीयवासीलाई स्वरोजगार बनाउने योजनाअनुसार गाउँपालिकाले नै पहिलो चरणमा फूल र ड्रागन खेती सुरु गरेको अध्यक्ष थापाले बताए ।  गाउँपालिकाले लगाएको फूलखेतीबाट पालिकावासीसमेत उत्साहित भएका छन् । पालिकाले लगाएको फूल ग्राहकको मागअनुसार पुर्‍याउन नकिएकाले आफूहरुलाई समेत यो खेतीतर्फ आकर्षित गरेको कालीगण्डकी–६ का हिराबहादुर गाहाले बताए ।  व्यावसायिकरूपमा फूलखेती गरेर समेत मनग्य आम्दानी गर्न सकिने अवस्था गाउँपालिकाले सिर्जना गरेको उनको भनाइ छ ।  गाउँपालिकाले शुरु गरेको फूलखेतीबाट करीब ४०० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने पालिकावासीलाई फूलखेतीमा लाग्ने प्रेरणा मिलेको छ । फूलखेतीमा स्थानीयवासीले प्रत्यक्ष रोजगारीसमेत पाएका छन् । फूल रोप्ने कार्यदेखि गोडमेल, फूल टिप्ने, माला बनाउने कामसम्म आइपुग्दा करीब ४०० जनाले रोजगारी पाएको गाउँपालिकाले जानकारी दिएको छ । सयपत्री कर्मा ५५५ जातको फूल लगाइएकामा पहिलो चरणको फूल विक्री गरेर सकिएको छ । तिहारअघि नै तिहारका लागि साथै अन्य विभिन्न कार्यक्रम, पूजापाठ, विवाह, सजावटलगायतका कार्यका लागि बगैँचामै आएर ग्राहकले फूल लगेका छन् ।  सयपत्री कर्मा ५५५ जातको फूल मंसिरसम्म टिप्न मिल्ने हुँदा पहिलो चरणमा फक्रिएका फूल विक्री गरेर सकिएको र अहिले पनि ती बोटमा कोपिला लागिरहेको गाउँपालिकाका कृषि शाखा प्रमुख हुमप्रसाद श्रेष्ठले जानकारी दिए ।  उनका अनुसार प्रतिमाला फुटकरमा रू. ८० देखि ९० सम्ममा र होलसेलमा रु ४५ मा विक्री भएको छ । फूलखेती गर्दा करीब रू. दुई लाख ४८ हजार खर्च भएको र रू. पाँच लाख आम्दानी भएकोसमेत गरेको कृषि शाखा प्रमुख श्रेष्ठले जानकारी दिए ।  यहाँ उत्पादित फूल गण्डकी, लुम्बिनी, बागमती र कर्णाली प्रदेशसम्म निर्यात गरिएको गाउँपालिकाले जानकारी दिएको छ । बारीचौरलाई फूलैफूलको होमस्टे बनाउने पालिकाको योजना छ भने बिर्घामा ड्रागन खेतीसँगै फूलखेतीसमेत गरिएको छ । रासस

बाँझो रहेको जग्गामा गरिएको सयपत्री फूलखेतीबाट मनग्य आम्दानी

तनहुँका कृषकले फूलखेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । सयपत्रीको फूल विक्रीबाट आम्दानी हुन थालेपछि कृषक यसतर्फ आकर्षित भएका हुन् ।  भिमाद नगरपालिका–८ धारापानीका गोविन्द अधिकारीले वर्षौदेखि बाँझो रहेको जग्गामा सयपत्री फूलखेती सुरु गरेका छन् । मुस्किलले एक मुरी कोदो नफल्ने बारीमा गत वर्ष रु ६० हजारको फूल फूलेपछि उनी उत्साहित भएका थिए । यो वर्ष उनले साढे चार रोपनी बारीमा व्यावसायिक रुपमा सयपत्री फूल लगाएका छन् ।चितवनबाट कलकत्ते सयपत्रीको दश हजार बिरुवा ल्याएर उनले बाँझो बारीमा सयपत्री

चितवनको सयपत्री फूल : उत्पादनभन्दा माग दोब्बर (फोटो फिचर)

कात्तिक १५, चितवन । तिहार नजिकिँदै गर्द चितवनमा सयपत्री फूलको माग बढ्दै गएको छ । गत वर्ष कोरोना प्रभाव भएपनि यसपटक मौसम अनुकुल हुँदा फूलको उत्पादन पनि बढेको छ । यसपटक सयपत्री फूलखेतीमा किसानको आकर्षण बढेकोले पनि फूलको उत्पादन बढेको हो । यसपटकको तिहारमा फूल तयार हुने समय उपयुक्त भएको र कोरोना कहर मत्थर हुँदै गएकोले माग पनि दोब्बर बढेको किसानहरुले बताएका छन् ।   कालिका नगरपालिका वडा नम्बर २ का फूल किसान गोविन्द बास्तोलाले यो वर्ष उत्पादनसँगै दिनहुँ माग पनि बढ्दै गएको बताए । ‘पोहोर ७ कठ्ठामा फूल लगाउँदा मागपनि थिएन उत्पादन पनि थिएन उनले भने,  अहिले डेढ विघामा लगाएको छु माग पुर्‍याउनै सकेको छैन ।’ हाल उनको बारीमा एक विघामा लगाइएको सयपत्री फूल विक्रीका लागि तयारीमा छन् भने बाँकी १५ कठ्ठामा लगाइएको फूलपनि कोपिला लागिरहेको छ । ‘मेरो अहिले दैनिक ५०० ओटा फूलको माला विक्री भएको छ । माग त दोब्बर छ तर पुर्‍याउन सकेको छैन ।’ बास्तोलाले भने ।   सोही वडाका अर्का किसान खगेश्वर बास्तोला पनि बिहानदेखि फूलबारीमै फूल टिप्न र विक्री गर्न व्यस्त छन् । ‘अहिले उत्पादन पनि राम्रो भयो । विक्री पनि भ्याईनभ्याई छ । म फूल खेतीबाट सन्तुष्ट छु । अब यसलाई थप विस्तार गर्छु ।’ उनले भने । कोरोना कहरसँगै विवाह, ब्रतबन्ध, सभा सेमिनार र धार्मिक अनुष्ठानका कार्य भइरहेकोले पनि नियमित रुपमा सयपत्री फूलको माग भईरहेको उनको भनाइ छ । फूलखेतीको पकड क्षेत्र मानिएको पश्चिम चितवनमा पनि यस वर्ष सयपत्री फूलको उत्पादन राम्रो भएको छ । ‘मैले अहिले दुई विघामा सयपत्री फूल लगाएको छु । भरतपुर वडा नम्बर २६ का फूल किसान  दिपक पाख्रिनले भने, केही तयार हुँदैछन् केही विक्री गर्दैछु । अहिले मौसम पनि राम्रो भयो । कोरानाको असर पनि परेन ।’ हाल उनले हप्तामा काठमाडौंमा मात्रै झण्डै दुईहजार माला फूल विक्री गर्दै आएको सुनाए । उनका अनुसार आफ्नो नर्सरीबाट सयपत्री फूलको विरुवा जिल्लाका विभिन्न ठाउँमा विक्री गरेकोले किसान र फूलखेतीको क्षेत्रफल बढेसँगै उत्पादन बढेको हो । गतसाल कोरोना कहर र मौसम प्रतिकुल हुंँदा फूल बारीमै सुकेपनि यसवर्ष उत्पादन र माग बढेपछि फूलखेती किसान उत्साहित भएको फ्लोरिकल्चर एशोसियसन, चितवनका अध्यक्ष अमर घले बताउँछन् । ‘अहिले क्षेत्रफलसँगै किसान पनि दोब्बर बढेको छ, मागपनि दोब्बर छ ।’ घलेले भने । उनका अनुसार गतसाल २० देखि २५ जना किसानले सयपत्री फूलखेती गरेका थिए र क्षेत्रफल पनि २० विघा जति थियो तर अहिले किसानको संख्या ५० को हाराहारी र फूलेखेतीको क्षेत्रफल पनि ४० विघाको हाराहारीमा छ । उत्पादन बढेपनि चितवनको उत्पादनले चितवनलाई नै नपुग्ने उनले बताए । ‘यो तिहारमा ४ लाख माला फूलको माग हुन्छ तर उत्पादन दुईलाख माला फूल उत्पादन होला ।’ घलेले भने । बाँकी फूल भारतबाट आयात हुने र अन्यले आफ्नै घर करेसाबारीमा लगाएको फूल उपयोग गर्ने उनको भनाइ छ । हाल चितवनमा कलकत्ते सयपत्री फूल लगाइएको छ जुन पहेंलो रङको रहेको र हल्याण्डबाट ल्याइएको बीउ गाढा पहेंलो र थुंगा ठूलो हुने भएकोले किसानलाई हल्याण्ड जातको फूलको बीउ वितरण गरिने उनले जानकारी दिए । ‘चितवनमा पछिल्ला वर्ष फूलखेतीमा आकर्षण बढेको । हावापानी र मौसम पनि राम्रो छ । सयपत्री फूलका लागि चितवन उपयुक्त छ ।’ उनले भने ।

तस्वीर : दाङको घोराहीमा व्यावसायिक रुपमा गरिएको सयपत्री फूलखेती

दाङको घोराही–१५, भरतपुरमा व्यावसायिक रुपमा गरिएको फूलखेतीमा ढकमक्क फुलेको सयपत्री फूल । पछिल्लो समय कतिपय सर्वसाधारणले घरबारी तथा कौशीमा तिहारका लागि फूल लगाउने क्रम पनि उत्तिकै बढेको पाइन्छ । तस्वीर : रासस