चितवनको सयपत्री फूल : उत्पादनभन्दा माग दोब्बर (फोटो फिचर)

कात्तिक १५, चितवन । तिहार नजिकिँदै गर्द चितवनमा सयपत्री फूलको माग बढ्दै गएको छ । गत वर्ष कोरोना प्रभाव भएपनि यसपटक मौसम अनुकुल हुँदा फूलको उत्पादन पनि बढेको छ । यसपटक सयपत्री फूलखेतीमा किसानको आकर्षण बढेकोले पनि फूलको उत्पादन बढेको हो । यसपटकको तिहारमा फूल तयार हुने समय उपयुक्त भएको र कोरोना कहर मत्थर हुँदै गएकोले माग पनि दोब्बर बढेको किसानहरुले बताएका छन् ।   कालिका नगरपालिका वडा नम्बर २ का फूल किसान गोविन्द बास्तोलाले यो वर्ष उत्पादनसँगै दिनहुँ माग पनि बढ्दै गएको बताए । ‘पोहोर ७ कठ्ठामा फूल लगाउँदा मागपनि थिएन उत्पादन पनि थिएन उनले भने,  अहिले डेढ विघामा लगाएको छु माग पुर्‍याउनै सकेको छैन ।’ हाल उनको बारीमा एक विघामा लगाइएको सयपत्री फूल विक्रीका लागि तयारीमा छन् भने बाँकी १५ कठ्ठामा लगाइएको फूलपनि कोपिला लागिरहेको छ । ‘मेरो अहिले दैनिक ५०० ओटा फूलको माला विक्री भएको छ । माग त दोब्बर छ तर पुर्‍याउन सकेको छैन ।’ बास्तोलाले भने ।   सोही वडाका अर्का किसान खगेश्वर बास्तोला पनि बिहानदेखि फूलबारीमै फूल टिप्न र विक्री गर्न व्यस्त छन् । ‘अहिले उत्पादन पनि राम्रो भयो । विक्री पनि भ्याईनभ्याई छ । म फूल खेतीबाट सन्तुष्ट छु । अब यसलाई थप विस्तार गर्छु ।’ उनले भने । कोरोना कहरसँगै विवाह, ब्रतबन्ध, सभा सेमिनार र धार्मिक अनुष्ठानका कार्य भइरहेकोले पनि नियमित रुपमा सयपत्री फूलको माग भईरहेको उनको भनाइ छ । फूलखेतीको पकड क्षेत्र मानिएको पश्चिम चितवनमा पनि यस वर्ष सयपत्री फूलको उत्पादन राम्रो भएको छ । ‘मैले अहिले दुई विघामा सयपत्री फूल लगाएको छु । भरतपुर वडा नम्बर २६ का फूल किसान  दिपक पाख्रिनले भने, केही तयार हुँदैछन् केही विक्री गर्दैछु । अहिले मौसम पनि राम्रो भयो । कोरानाको असर पनि परेन ।’ हाल उनले हप्तामा काठमाडौंमा मात्रै झण्डै दुईहजार माला फूल विक्री गर्दै आएको सुनाए । उनका अनुसार आफ्नो नर्सरीबाट सयपत्री फूलको विरुवा जिल्लाका विभिन्न ठाउँमा विक्री गरेकोले किसान र फूलखेतीको क्षेत्रफल बढेसँगै उत्पादन बढेको हो । गतसाल कोरोना कहर र मौसम प्रतिकुल हुंँदा फूल बारीमै सुकेपनि यसवर्ष उत्पादन र माग बढेपछि फूलखेती किसान उत्साहित भएको फ्लोरिकल्चर एशोसियसन, चितवनका अध्यक्ष अमर घले बताउँछन् । ‘अहिले क्षेत्रफलसँगै किसान पनि दोब्बर बढेको छ, मागपनि दोब्बर छ ।’ घलेले भने । उनका अनुसार गतसाल २० देखि २५ जना किसानले सयपत्री फूलखेती गरेका थिए र क्षेत्रफल पनि २० विघा जति थियो तर अहिले किसानको संख्या ५० को हाराहारी र फूलेखेतीको क्षेत्रफल पनि ४० विघाको हाराहारीमा छ । उत्पादन बढेपनि चितवनको उत्पादनले चितवनलाई नै नपुग्ने उनले बताए । ‘यो तिहारमा ४ लाख माला फूलको माग हुन्छ तर उत्पादन दुईलाख माला फूल उत्पादन होला ।’ घलेले भने । बाँकी फूल भारतबाट आयात हुने र अन्यले आफ्नै घर करेसाबारीमा लगाएको फूल उपयोग गर्ने उनको भनाइ छ । हाल चितवनमा कलकत्ते सयपत्री फूल लगाइएको छ जुन पहेंलो रङको रहेको र हल्याण्डबाट ल्याइएको बीउ गाढा पहेंलो र थुंगा ठूलो हुने भएकोले किसानलाई हल्याण्ड जातको फूलको बीउ वितरण गरिने उनले जानकारी दिए । ‘चितवनमा पछिल्ला वर्ष फूलखेतीमा आकर्षण बढेको । हावापानी र मौसम पनि राम्रो छ । सयपत्री फूलका लागि चितवन उपयुक्त छ ।’ उनले भने । 

सम्बन्धित सामग्री

तनहुँका कृषकलाई सयपत्री फूल टिप्न चटारो

तनहुँका कृषकलाई यतिबेला सयपत्री फूल टिप्न चटारो छ। तिहारका बेला सयपत्री फूलको माग बढी हुने भएकाले कृषक यतिबेला फूल टिपेर माला बनाउने काममा व्यस्त छन्।...

एकै स्थानबाट एउटै मूल्यमा सयपत्री फूल बिक्री

कास्की, २६ कात्तिक । दोस्रो ठूलो चाड तिहार सुरु भएसँगै पोखरामा सयपत्री फूलको प्रदर्शनी तथा महोत्सव सुरु भएको छ । पोखरा महानगरपालिकाको आयोजनामा पोखरा–४ चिप्लेढुङ्गास्थित श्रीकम्प्लेक्स परिसरमा शनिबारदेखि सुरु महोत्सव यही कात्तिक २८ गतेसम्म सञ्चालन हुनेछ । तिहारको समयमा स्थानीय किसानले उत्पादन गरेका सयपत्री फूल एकै ठाउँबाट एकै मूल्यमा बिक्री गर्ने उद्देश्यका साथ महोत्सव आयोजना […]

लमजुङमा तिहारमा तीन क्विन्टल सयपत्री फूल विक्री

लमजुङ – मर्स्याङ्दी गाउँपालिका-९, सिम्पानीस्थित भलामचौर मिर्चे नमूना कृषि परियोजनाले तिहारका बेला मात्रै करिब तीन क्विन्टल फूल बिक्री गरेको छ। गत वर्षबाट कृषि पर्यटनसँगै व्यवसायिक फूल खेती सुरु भएको परियोजनाले यसवर्षको तिहारमा मात्रै तीन क्विन्टल अर्थात् करिब एक लाख रुपैयाँ बराबरको सयपत्री फूल बिक्री गरेको हो। सिते बा ग्रुप अन्तर्गत एस जि हस्पिटालिटी नामक कम्पनीले […]

आहा ! ढकमक्क फूलेको सयपत्री फूल

पाल्पा, ५ कार्तिक । पाल्पा रामपुर नगरपालिका ४ स्थित देवीस्थान ढकमक्क फूल्दै गरेको सयपत्री फूल । यहाँ तिहार लक्षित व्यावसायिक रुपमा सयपत्री फूल खेती गरिएको छ । तस्बिर : सुशीला रेग्मी/रासस

तिहारमा आयातीत सयपत्री फूल प्रतिबन्ध

सरकारले तिहारमा भारतबाट आयात हुने सयपत्री फूल प्रतिबन्ध लगाएको छ । तिहारमा विशेषगरी सहरी क्षेत्रमा करिब ८५ प्रतिशत सयपत्रीको माग आन्तरिक उत्पादनले धान्ने गरेको भए पनि १५ प्रतिशत सयपत्री फूल आयात हुने गरेकोमा यो वर्ष सयपत्री फूल आयातमा सरकारले रोक लगाएको फ्लोरिकल्चर एसोसिएसन नेपालले बताएको छ ।बिहीबार ललितपुरको जावलाखेलमा आयोजना भएको १५ औं गोदावरी फूल […]

तिहारमा भारतबाट आयात हुने सयपत्री फूल प्रतिबन्ध

काठमाडौं : सरकारले तिहारमा भारतबाट आयात हुने सयपत्री फूल प्रतिबन्ध लगाएको छ।तिहारमा विशेषगरी शहरी क्षेत्रमा करिव ८५ प्रतिशत सयपत्रीको माग आन्तरिक उत्पादनले धान्ने गरेको भएपनि १५ प्रतिशत सयपत्री फूल आयात हुने गरेकोमा यो वर्ष सयपत्री फूल आयातमा सरकारले रोक लगाएको फ्लोरिकल्चर एशोसिएशन नेपालले बताएको छ।बिहीवार ललितपुरको जावलाखेलमा आयोजना भएको १५ औँ गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी २०७९ कार्यक्रमा बोल्दै फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष मीनबहादुर तामाङले विगतका वर्षमा भन्दा यस वर्षको ति

तिहारका लागि सयपत्री फूल टिप्दै महिलाहरु (फोटोफिचर)

तिहारका लागि सयपत्री फूल टिप्दै काठमाडौँ इछान्गुका महिला किसानहरु। अघिल्लो बर्षको तुलनामा यसपाली कम फूल फुलेको उनीहरुले बताएका छन्।...

तिहार नजिकिएसँगै सयपत्री फूल टिप्ने चटारो

भादगाउँ, ३१ असोज । तिहार नजिकिएसँगै भक्तपुरका पुष्प व्यवसायीलाई फूल टिप्ने चटारो परेको छ । नजिकिँदै आएको तिहारका लागि सयपत्री, गोदावरी र मखमली फूल टिप्ने तथा माला उनेर बाहिरी जिल्लामा पठाउन चटारो परेको हो । तिहार फूलको पर्व हो । भाइटीकामा मखमली फूलको माला अनिवार्य छ भने नेवार समुदायमा लक्ष्मीपूजा, म्हपूजाका लागि सयपत्री, गोदावरी अनिवार्य […]

बारीको पाटाभरि ढकमक्क सयपत्री फूल

बनेपा – काभ्रेपलाञ्चोकको अग्लो रमणीय पर्यटकीयस्थल कामीडाँडाका किसान मर्दनसिं तामाङले फूल खेती गरेर आम्दानी गर्दै आएको दुई वर्ष भयो। उनले घरबारीमा मौसमअनुसारको सयपत्री फूल खेती गरेर आम्दानी गर्दै आएका हुन्। फूलैफूलको मौसम हिन्दूहरुको दोस्रो ठूलो पर्व तिहार नजिकिँदै गर्दा घर नजिकैको बारीमा उनले चिया खेतीसँगै मौसमअनुसार फूल खेती गरेर आम्दानी गर्न थालेका छन्। ‘गत वर्षदेखि […]

तिहारका लागि सयपत्री फूल

दाङको घोराही–१५, भरतपुरमा तिहारका लागि सयपत्री फूल टिप्दै महिला । एउटा मालाको रु ८० देखि १०० सम्ममा  बिक्री हुने गरेको फूल व्यापारी बताउँछन् । तस्बिर रासस