कैलाली : कैलालीमा टिप्परको ठक्करबाट एक बालकको मृत्यु भएको छ। कैलालीको गोदावरी नगरपालिका ७ हरैयामा टिप्परले अटोलाई ठक्कर दिँदा घाइते भएका ३ वर्षीय बालकको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रमका मृत्यु भएको प्रहरीले जनाएको छ।
उक्त घटनापछि स्थानीयले पूर्व पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्। सडक अवरोध खुलाउन स्थानीय र प्रहरीबिच तनाव सिर्जना…
३ पुस, काठमाडौं । ज्यादती गरेको भन्दै अनामनगरमा सर्वसाधारणले काठमाडौं महानगरपालिकाको गाडी ४ घण्टा नियन्त्रणमा लिएका छन् । आइतबार काठमाडौंको अनामनगर क्षेत्रमा निजी जग्गामा राखिएका सवारीसाधन महानगरको टोलीले उठाएर गाडीमा राखेपछि त्यसको विरोधमा स्थानीयले मोटरसाइकल लोड गरेको महानगरको गाडीलाई नियन्त्रणमा लिएका हुन् । अनामनगरस्थित सिंहदरबारको पूर्वी गेट अगाडिको सडक पेटीमा, आफ्नै पसलको सटरछेउमा राखिएका मोटरसाइकल […]
काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका सुन्दरीजलस्थित मेलम्ची चोकमा टिपरको ठक्करबाट दुई स्कूले बालिकाको मृत्यु भएपछि उक्त क्षेत्रमा तनावको स्थिति सिर्जना भएको छ । स्थानीय वल्र्ड युथ इन्टरनेशनल स्कूलमा अध्ययनरत रोहन घिसिङका छोरीहरू सृष्टि र श्रेयाको आज बिहान सवा ८ बजे टिपरको ठक्करबाट मृत्यु भएपछि आक्रोशित स्थानीयले टिपरमा तोडफोड गर्दै सडक अबरुद्ध पारेका हुन् । प्रहरीले […]
९ फागुन, दाङ । दाङको लमही–तुलसीपुर सडक खण्डमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मुत्यु भएको विषयलाई लिएर झडप भएको छ । झडप नियन्त्रणका लागि प्रहरीले अश्रुग्याँस हानेको छ ।
दुर्घटनामा मृत्यु भएका मोटरसाइकल चालक अर्जुन खड्काको परिवारले …
बाँके : निषेधित क्षेत्र घोषित नेपालगञ्ज उपमहानगरपालिकामा प्रहरी र स्थानीय व्यापारीबीच आज झडप भएको छ। झडपका क्रममा वडा प्रहरी कार्यालय नेपालगञ्जको गाडी तोडफोड गरिएको छ। बजार बन्द गराउनेक्रममा स्थानीय व्यापारीको समूहले प्रहरीको गाडीमा तोडफोड गर्दा गाडीको अगाडिको सिसा फुटेको प्रहरीले जनाएको छ।
निषेधाज्ञा कार्यान्वयन गराउनेक्रममा सडक यात्रुलाई तितरवितर गर्न
१४ चैत, काठमाडौं । सडक विस्तारको विरोधमा प्रदर्शनमा उत्रिएका स्थानीयबासीमाथि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास हानेको छ ।
काठमाडौं उपत्यकामा सडक विस्तार, फास्टट्रयाक, बाहिरी चक्रपथ निर्माण पीडितहरु प्रदर्शन गरेका थिए ।
माइतीघर मण्डलाबाट सुरु भएको प्रर्दशन नयाँ बानेश्वरसम्म आएको थियो । बानेश्वरमा सडक अवरुद्ध पार्दै प्रदर्शनकारीहरु सडकमै सुतेपछि प्रहरीले हटाउन खोजेपछि तनाव …
पहिला मदिरा र सडकको अवस्थाका कारण बढी दुर्घटना हुने उपत्यकामा पछिल्लो समयमा दुर्घटनाको कारकमा परिवर्तन देखिएको छ । पछिल्लो समय तनाव, उच्च रक्तचाप, कानमा राखेको मोबाइल डिभाइस, छारे रोग र अनुभव नभएका चालकका कारण दुर्घटना बढी हुने गरेको छ । यो कुरामा न प्रहरीलाई हेक्का छ न चालकलाई नै ।
मस्तसँग हाँकिरहेको सवारीसाधन बिनाकारण ठोक्किन पुग्छ । सडकमा उभिएका ट्राफिक प्रहरीले कारण केलाउँदा यिनैमध्ये कुनै देखिन्छ । ‘बाटो, गाडी सबै ठीक हुन्छन्, त्यस्तो बेला सडकछेउको बिजुलीको खम्बामा ठोक्किएका हुन्छन्,’ ललितपुर ट्राफिक परिषद्का प्रहरी निरीक्षक सीताराम हाछेथूले भने।