काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से साेमवार (आज) १२ अङ्कभन्दा धेरैले घटेको छ । लघुवित्त र लगानीबाहेक अरू समूहको शेयर घटेपछि नेप्से १२ दशमलव ३५ अङ्कले घटेर दुई हजार ६ सय ५२ दशमलव ७५ विन्दुमा झरेको हो ।
आज बैंकिङ समूहको शेयर झण्डै १० अङ्कले, विकास बैंकको साढे ३३, व्यापारको १५, होटल तथा पर्यटनको १२, जलविद्युतको नौ, फाइनान्सको नौ, जीवन बीमाको ९१, निर्जीवन बीमा समूहको ८१, उत्पादनको ६५ र अन्य समूहको शेयर ३२ अङ्कले घटेको छ ।
आज दुई सय १६ कम्पनीका एक करोड ५९ लाख कित्ता शेयर सात अर्ब ५२ करोड ९...