बेइजिङ आपूर्ति हुने सेमिकन्डक्टर चिप र त्यसको निर्माणलाई आवश्यक पर्ने उपकरणको प्रवाहमा संयुक्त राज्य अमेरिकाले नयाँ प्रतिबन्ध लगाइदिएको छ । अक्टोबर ७ (असोज २१) मा अमेरिकी वाणिज्य विभागले उन्नत किसिमका सेमिकन्डक्टर चीनमा गरिने ढुवानीका लागि अनुमति प्रक्रिया लम्ब्याइदिएको थियो । चिप निर्यातसँगै अमेरिकी नागरिकलाई चीनका चिप कारखानामा काम गर्नसमेत प्रतिबन्ध लगाएको फोर्ब्सको समाचारमा उल्लेख छ ।