एनएमबी बैंक कृत्रिम बौद्धिकतामा आधारित भिडियो केवाईसी सेवा सञ्चालन गर्ने नेपालको पहिलो बैंक बनेको छ । भिडियो गरेर ५ मिनेटमै देश वा विदेशमै रही खाता खोली कारोबार गर्न सकिने योजना बैंकले ल्याएको हो । नेपालको बैंक क्षेत्रमा एनएमबीले नै पहिलोपटक शुरुदेखि अन्त्यसम्म पूर्ण डिजिटल खाता खोल्ने प्रक्रिया शुरु गरेको हो यो सेवा मार्फत अब ग्राहकहरूले एनएमबीमा भिडियो कलमार्फत अनलाइन खाता खोल्न सक्नेछन् । डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पूरा÷अपडेट गर्न सक्ने बैंकले जानकारी दिएको छ ।