सरकारले नेपाल चिकित्सक संघको माग बमोजिम अध्यादेश ल्याउने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले चिकित्सकमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न सकिने प्रावधानसहितको अध्यादेश ल्याउने निर्णय गरेको हो ।
चिकित्सकमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्ने कानुन बनाउनुपर्ने भएकाले अध्यादेश ल्याउने निर्णय भएको बैठकपछि एक मन्त्रीले जानकारी दिए ।
केही साताअघि नेपालगन्जमा कोरोना संक्रमितको उपचारमा खटिएका चिकित्सकमाथि आक्रमण भएपछि त्यसको चौतर्फी विरोध भएको थियो भने नेपाल चिकित्सकले अध्यादेशमार्फत कानुन बना...