काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले सांसद पदबाट राजीनामा दिनु राजनीतिक नैतिकता र कानूनी दृष्टिले धेरै उचित हुने बताएका छन् । बुधबार अपरान्ह ट्वीट गर्दै उनले राष्ट्रिय हित, पार्टी विधान विपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रधानमन्त्री केपी ओलीलाई रोक्न पदमुक्त गर्नु आवश्यक भएको बताए ।एमालेको झलनाथ खनाल र माधव नेपाल समूहका २० सांसदले राजीनामा गर्न अन्तिम तयारीमा रहेका बेला सोही समूहका प्रभावशाली नेता रावलले यस्तो बताएका हुन् । उनले लेखेका छन्, 'असाधारण समस्याको समाधान