काठमाडौं – दुग्ध विकास संस्थानले किसान भुक्तानी, दूधको गुणस्तर, बजारीकरण तथा वित्तीय अनुशासनमा सुधार गर्दै कार्यसम्पादनलाई प्रभावकारी बनाइएको जनाएको छ । किसानको भुक्तानीलाई प्राथमिकतामा राख्दै संस्थानले गत वर्ष सोही अवधिमा करिब छ महिना रहेको भुक्तानी अवधि हाल एक महिनाभित्र झारेको जनाएको छ । यही असोजभित्र भुक्तानी अवधि २५ दिनमा सीमित गर्ने लक्ष्य लिइएको छ । […]
राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडक बाढीपहिरोले क्षतविक्षत बनेपछि चीनबाट दसैं-तिहार लक्षित सामान बोकेर आएका १५० भन्दा बढी कन्टेनर र करिब २०० विद्युतीय सवारी साधन (ईभी) बाटोमै रोकिएका छन्।
काठमाडौँ। विद्युत् नियमन आयोगले राष्ट्रिय विद्युत् प्रसारण ग्रिड प्रयोग गरेबापत लाग्ने प्रसारण शुल्क (ह्विलिङ चार्ज) निर्धारण गरेको छ । राष्ट्रिय विद्युत् प्रसारण ग्रिडको प्रसारण शुल्क गणना सम्बन्धी मापदण्ड, २०८३ जारी गर्दै आयोगले नयाँ शुल्क सार्वजनिक गरेको हो । बिहीवार काठमाडौंमा ह्विलिङ चार्ज सार्वजनिक गर्न आयोगद्वारा आयोजित कार्यक्रममा बोल्दै ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय […]
विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा आएपछि नेपाली कांग्रेसको १५औं महाधिवेशन हुँदै छ। वर्षाका कारण केही दिन सारिएको महाधिवेशनले मुख्यगरी नेतृत्व चयन गर्नेछ। सँगै, कांग्रेस बदलिएको सन्देश दिने गरी नीतिगत सन्देश पनि दिने नेताहरूले बताएका छन्।
नयाँ …
काठमाडौँ । कर्मचारी सरुवाको सिजन चलिरहँदा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट भइरहेका सरुवा तथा पदस्थापनलाई लिएर कर्मचारीवृत्तमा असन्तुष्टि बढेको छ। जिल्ला सदरमुकाम तथा तुलनात्मक रूपमा सुगम कार्यालयमा सम्बन्धित तहका दरबन्दी रिक्त हुँदाहुँदै ती स्थान उपलब्ध नरहेको देखाएर वरिष्ठ कर्मचारीलाई जिल्लाकै दुर्गम कार्यालयमा पठाइएको र आकर्षक मानिने कार्यालयका रिक्त स्थान पछि पदस्थापन […]
१५ असोज, काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल र प्रशोधित इन्धन मूल्यमा लगातार वृद्धि भइरहे पनि स्थानीय बजारमा स्वचालित मूल्य प्रणाली लागु हुन नसक्दा नेपाल आयल निगमले तीन महिनामै साढे ७ अब घाटा प्रक्षेपण गरेको …