प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिडको संक्रमणबाट नागरिकको जीवन रक्षाका लागि प्रक्रिया छोट्याएर भएपनि काम गर्न सरकारी संयन्त्रलाई निर्देशन दिएका छन् ।
उनले प्रक्रिया छोट्याएर हप्तामा हुने कामलाई दिनमा र दिनमा हुने कामलाई घण्टामा गरेर भएपनि जनताको जीवन रक्षा गर्न निर्देशन दिए ।
कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकलाई आइतवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हरहालतमा नागरिकको जीवन रक्षाका लागि काम गर्न निर्देशन दिएको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।
‘प्रक्रियामा अल्झिएर या ...